टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्र आइसोलेशनबाट चार जनाले कोरोना जितेर घर फर्के

 २० आश्विन २०७७, मंगलवार १३:३७   | न्यूज अफ टोखा

न्यूज अफ टोखा काठमाडौँ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेशन केन्द्रबाट चार जना संक्रमित कोरोना जितेर घर फर्केका छन् ।

१४ दिन आइसोलेशनमा बसेर निको भएपछि उनीहरूलाई आज दिउँसो डिस्चार्ज गरिएको टोखा नगरपालिकाका उपप्रमुख तथा नगर आइसोलेशन व्यवस्थापन समितिका संयोजक ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।

कोरोना संक्रमणबाट निको भएकाहरूलाई डिस्चार्ज गर्नेक्रममा वडा नं २ तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशी तथा वडा सदस्य लगायतको उपस्थित रहेको उहाँले बताउनु भयो ।

आज चार जना डिस्चार्ज भएसंगै हाल उक्त आइसोलेशनमा १६ जना संक्रमित रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २० आश्विन २०७७, मंगलवार १३:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया