थप २२ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

 २० आश्विन २०७७, मंगलवार २२:०३   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ — टोखा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमित थपिएको छ । थपिएका मध्य ११ पुरुष र ११ महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार मंगलबार दिउँसोसम्म टोखामा कोरोना संक्रमितको संख्या एक हजार १ सय १७ पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएकामध्ये ७ सय ११ जना संक्रमणमुक्त भएका छन् । नगर स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् । टोखामा सक्रिय संक्रमितको संख्या ४ सय १ रहेको छ ।

संक्रमणमुक्त हुने मध्य टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट चार जना संक्रमणमुक्त भएर घरफर्के भने १ जना नयाँ भर्ना भएका छन् । हाल उक्त आइसोलेसन केन्द्रमा १७ जना संक्रमित रहेका छन् ।

मंगलबारसम्म टोखाका ४ हजार ७ सय ६२ जनाको नमुना पीसीआर विधिमार्फत परीक्षण भएको छ । स्वास्थ्य शाखाका अनुसार मंगलबार दिउँसोसम्म ३ हजार ४२ जनालाई सम्पर्क परिक्षणको दायरामा ल्याईएको छ ।

आज थप भएकाहरुको वडागत विवरण
वडा नं १ – ० पुरुष/ ० महिला – ० जना
वडा नं २ – ० पुरुष/ ० महिला – ० जना
वडा नं ३ – १ पुरुष/ १ महिला – २ जना
वडा नं ४ – १ पुरुष/ १ महिला – २ जना
वडा नं ५ – १ पुरुष/ २ महिला – ३ जना
वडा नं ६ – १ पुरुष/ १ महिला – २ जना
वडा नं ७ – २ महिला – २ जना
वडा नं ८ – ३ पुरुष – ३ जना
वडा नं ९ – २ महिला – २ जना
वडा नं १० – १ पुरुष/ १ महिला – २ जना
वडा नं ११ – ३ पुरुष – ३ जना
अन्य – १ महिला – १ जना
जम्मा = २२ जना

Facebook Comments

अन्तिम अपडेट: २० आश्विन २०७७, मंगलवार २२:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया