पछिल्लो २४ घण्टामा देश भर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि

 २१ आश्विन २०७७, बुधबार २०:४१   | सागर राज लवट

न्यूज अफ टोखा, काठमाडौं । पछिल्लो २४ घण्टामा देश भर ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ । ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १हजार १सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १ हजार २ सय ९६ जना, भक्तपुरका ९५ र ललितपुरका २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २१ आश्विन २०७७, बुधबार २०:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया