शालीनदी मेला उच्च सतर्कताकासाथ सञ्चालन हुने
८ माघ २०७७, बिहीबार २२:२४
न्यूज अफ टोखा, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण खानपिनमा समस्या भएका असहायलाई लायनयस कलब अफ काठमाडौँ एपेक्सले खाना खुवाएका छन् ।
बालाजु संरक्षण समितिले असकस्तहरुलाई खाद्यान्न सहयोग जुटाएर खाना खुवाउँदै आएको अभियानमा लायन्स क्लव अफ काठमाडौँ एपेक्सले खाद्यान्न वितरण गरेका हुन् ।
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका १५० मानिसहरु शिव मन्दिर तथा श्री पहलवाल पोवा बालाजुमा भेला हुँदै आएका छन् । विहान भेला भएका १५० व्यक्तिलाई लायन्स क्लव अफ काठमाडौँ एपेक्सले खाना तथा लत्ता कपडा वितरण गरेका थिए ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कुमार अधिकारी, जोन चियर पर्सन पी.एम.जे.एफ. पर्शुराम खतिवडा तथा लायन्स क्लव अफ काठमाडौँ एपेक्सका सदस्यहरुको उपस्थिति रहेको लायन्स क्लव अफ काठमाडौँ एपेक्सका अध्यक्ष रामकृष्ण डंगोलले जानकारी दिए ।
उक्त कार्यक्रमको संयोजक लायन्स क्लव अफ काठमाडौँ एपेक्सका सचिव लक्ष्मण लामिछानेले गरेको समेत उनले बताए ।
बालाजु संरक्षण समितिले विभिन्न दाताहरुको सहयोगमा प्रत्यक हप्ताको एक दिन दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएकाहरुलाई शिव मन्दिर तथा श्री पहलवाल पोवा परिसरमा खाना खुवाउदै आइरहेको बालाजु समिति संरक्षण समितिका अध्यक्ष शान्जो गुरुङ्गले जानकारी दिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
८ माघ २०७७, बिहीबार २२:२४
८ माघ २०७७, बिहीबार २०:४१
७ माघ २०७७, बुधबार २३:०६
७ माघ २०७७, बुधबार १५:१६
७ माघ २०७७, बुधबार १४:३८
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४