विष्णाप सहकारीको ७ औं वार्षिक साधरण सभा सम्पन्न

 २४ आश्विन २०७७, शनिबार १९:३७   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ चाःगलमा अवस्थित विष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण कार्य समितिका सदस्यहरु बीच सम्पन्न गरिएको थियो ।

सहकरी संस्थाका अध्यक्ष राम राज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थकको वार्षिक कार्यक्रम तथा बजेट पारित भएको थियो ।

अध्यक्ष श्रेष्ठले चालु आव ०७६/०७७ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी समेत गराएका थिए । 

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विश्वमा रुपमा फैलिएको कोरोना महामारीबाट टोखा नगरपालिकाका पनि अछुटो नरहेको भन्दै यस महाकारीमा धेरै संख्यामा जमघट गर्न नमिल्ने भएकाले कार्यसमितिका पदाधिकारीहरुको पस्थितिमा यस वर्षको साधारण सभासम्पन्न गरिएको बताए ।

कार्यक्रममा बोल्दै श्रेष्ठले आ.व २०७६/०७७ मा शेयर पुँजी दुई करोड पचास लाख पुर्‍याउने लक्ष्य लिएको भए पनि कोरोना महामारीका कारण पुर्‍याउन नसकेको भन्दै आ. व २०७७/०७८ मा तीन करोड पुर्‍याउने लक्ष्य लिएको बताए थिए ।

सहकारी सिद्धन्तलाई आत्मसाथ गर्दै मिति २०७० साल भाद्र १९ गतेका दिन ५० जना शेयर धनी साथीहरुको जम्ममा  पुँजी  २५ लाखबाट स्थापना भएको संस्थामा हाल २४६ जना शेयर सदस्यलाई गोलबद्ध गर्न सफल भयो जसको फल स्वरुप दूई करोध १९ लाख ३७ हजार ४५० पुर्‍याउन सहल भएको संस्थाका श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्ने क्रममा बताएका थिए ।

उनले कोरोना महामारीमा शेयर सदस्यलाई विना धितो १ लाख सम्म तीन महिनाको लागि ऋण प्रवाह गर्ने बताए ।

संस्थाका कोषाध्यक्ष राम काजी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आ.व २०७६/०७७ मा कुल दुई करोड ५१ लाख ८२ हजार ७ सय ५.७० रुपैया कुल निक्षेप रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा संचालक समिति,लेखा समिति, उपसमिति तथा सल्लाहकार सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २४ आश्विन २०७७, शनिबार १९:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया