उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए

 २५ आश्विन २०७७, आईतवार २०:१७   | न्यूज अफ टोखा

न्यूजअफ टोखा, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । 


उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। 

बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु  हुनेको कुल संख्या ६३६ पुगेको  मन्त्रालयले जनाएको छ । 

Facebook Comments

अन्तिम अपडेट: २५ आश्विन २०७७, आईतवार २०:१७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया