भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
न्यूज अफ टोखा, काठमाडौं । टोखा उद्योग वाणिज्य संघको आयोजनामा बसुन्धरा स्थित बसुन्धरा ब्याङकोइटमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आथित्यमा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
टोखा उद्योग वाणिज्य संघको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा टोखा नगरपालिका १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , टोखा नगरपालिका ५ का वडा अध्यक्ष जगन्नाथ ढकाल , टोखा नगरपालिका ९ का वडा अध्यक्ष केशब बहादुर खत्री , वडा नं ११ का उत्तम अधिकारीको सहभागी रहेको थियो। कार्यक्रमको सभापतित्व निराजन अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचारको प्राबिधिक सहयोग र बसुन्धरा ब्याङकोइटले मुख्य प्रायोजन गरेको थियो। नजिकै आइरहेको विजयादशमी , शुभदिपावली , नेपाल संवत्, उधौली पर्व र लोसार पर्वको शुभ अवसर पारेर बृहत रक्तदान कार्यक्रम गर्नुको साथै एक अर्कालाई शुभकामना आदानप्रदान गरिएको टोखा उद्योग बाणिज्य संघका प्रवक्ता रघुनाथ पनेरुले बताए ।
उक्त कार्यक्रममा सहभागी हुनेहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्मान पत्र प्रदान गरेको थियो।
कार्यक्रममा सहयोग हुने बसुन्धरा ब्याङकोइटका संचालक एवम् समाजसेवी भगवान के.सी , लकेशा सेक्यूरिटी कम्पनीका प्रबन्ध निर्देशक लोक बहादुर गुरुङ्ग , मैनाली निर्माण सप्लायर्सका विश्वनाथ अधिकारी , ईवन मेडिकल सेन्टर प्रालिका संचालक खिमराज अधिकारी लगायतको उपस्थिति रहेको थियो।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३