टोखा नगरपालिकामा ६३ जना संक्रमित थपिए, संक्रमित संख्या १३६४ पुग्यो

 २५ आश्विन २०७७, आईतवार ०९:५९   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ — टोखा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमित थपिएको छ । थपिएका मध्य ३८ पुरुष र २५ महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार शनिवार दिउँसोसम्म टोखामा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ६४ पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएकामध्ये ८ सय ३९ जना संक्रमणमुक्त भएका छन् । हाल टोखामा सक्रिय संक्रमितको संख्या ५ सय २० रहेको छ । संक्रमितहरु मध्ये ४४२ जना घरमा र ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शनिवारसम्म टोखाका ४ हजार ९ सय ५२ जनाको नमुना पीसीआर विधिमार्फत परीक्षण भएको छ ।

आज थप भएकाहरुको वडागत विवरण
वडा नं १ – ० पुरुष/ ० महिला – ० जना
वडा नं २ – १ पुरुष/ २ महिला – ४ जना
वडा नं ३ – २ पुरुष/ २ महिला – ४ जना
वडा नं ४ – ४ पुरुष/ २ महिला – ६ जना
वडा नं ५ – ३ पुरुष/ ८ महिला – ११ जना
वडा नं ६ – ० पुरुष/ ० महिला – ० जना
वडा नं ७ – ५ पुरुष/ ४ महिला – ९ जना

वडा नं ८ – १० पुरुष/ ३ महिला – १३ जना
वडा नं ९ – ६ पुरुष/ १ महिला – ७ जना
वडा नं १० – ४ पुरुष/ ० महिला – ४ जना
वडा नं ११ – १ पुरुष/ १ महिला – २ जना
अन्य – २ पुरुष/ १ महिला – ३ जना
जम्मा = ६३ जना

Facebook Comments

अन्तिम अपडेट: २५ आश्विन २०७७, आईतवार ०९:५९

तपाईको प्रतिक्रिया