टोखामा कोरोना जोखिम बढ्दै, एकै दिन थपिए ९४ जना संक्रमित

 २६ आश्विन २०७७, सोमबार २२:४०   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, २६ असोज, काठमाडौं – टोखा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।

संक्रमित बढ्दै गएपछि टोखा नगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो। सोमबार मात्र थप ९४ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये वडा नं १ मा १ जना, २ मा ४, ३ मा १५, ४ मा ११, ५ मा ७, ६ मा ७, ७ मा १२, ८ मा ९, ९ मा १, १० मा ६, ११ मा १२ र अन्य ९ जना रहेका छन् । आइतबार मात्रै ३९ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो ।

टोखामा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ।

हालसम्म कोरोनाबाट मृत्यु भएका ५ जना मध्ये वडा नं ४ मा १ जना, ६ मा १, ८ मा १ र ९ मा २ जना रहेका छन्। उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ तर लकडाउन अलि खुकुलो भएपछि काठमाडौं उपत्यकामा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ। यससंगै टोखा नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ।


संक्रमितको संख्या १,४९७

टोखा नगर स्वास्थ्य शाखाका अनुसार सोमबार नगरभर थप ९४ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १,४९७ पुगेको छ। स्वास्थ्य शाखाका अनुसार ८८६ जनाले कोरोना जितेर घर फर्किएका छन् भने कोरोनाकै कारण ५ जनाको मृत्यु भइसकेको छ।

यस्तै हालसम्म ६०५ सकृय संक्रमित मध्य ५२३ जना होम क्वारेन्टाइनमा छन् भने ५९ जना आइसोलेसनमा छन्। त्यस्तै २४ जना सम्पर्क विहिन छन् । हालसम्म ५ हजार २४३ जनाको पीसीआर नमूना परीक्षण भएका छन्।

Facebook Comments

अन्तिम अपडेट: २६ आश्विन २०७७, सोमबार २२:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया