टोखा नगरपालिका ७ मा विकासका काम धमाधम

 २६ आश्विन २०७७, सोमबार १७:४०   | न्यूज अफ टोखा

न्यूज अफ टोखा २६ असोज काठमाडौँ । कोरोना भाईरस संक्रमण र त्यसको न्यूनीकरणका लागि जारी गरिएको बन्दाबन्दीका कारण रोकिएका विकास निर्माणका काम धमाधम शुरु भएको छ ।

टोखा नगरपालिका वडा नं ७ ले आर्थिक वर्ष २०७७/०७८ का वडास्तरीय विकास निर्माणका योजनाहरुको काम धमाधम शुरु गरेको हो ।

वडाले देवकोटा गल्लीमा ब्लक तथा मंगाल र ढलान निर्माण कार्य चार लाख ५० हजार लागतमा सम्पन्न गरिसकेको छ । त्यस्तै संहन्साह मूल सडक, उकालो र हेराल्ड चोक सडक ढलान निर्माण २३ लाख ५० हजार , एकान्त बस्ती बाटो ढलान चार लाख र मुल बाटोमा अव्यवस्थित विजुली पोल व्यवस्थापन कार्य सम्पन्न भैसकेको वडा अध्यक्ष नरोत्तम रानाले बताए ।

वडा अध्यक्ष राना भन्छन्- कोरोना महामारीका कारण रोकिएका विकास निर्माणका कार्यहरु सुरु भैरहेको छ । हाल वडास्तरी र प्रदेश सरकारको बजेटमासमेत विभिन्न विकास निर्माणका कामहरु भैरहेको छ ।

अध्यक्ष रानाका अनुसार निर्माणाधिन योजनाहरुमा पाँच लाख लागतमा दाहान गौडा सडक पेटी निर्माण, कार्की स्टोरदेखि राम मन्दिर हुदै नगरपालिका कार्यालय जाने बाटो सडक ढलान एवंम् कालोपत्र र प्रदेश सरकारको ५० लाख लागतमा प्रयास नगर सडक कालो पत्रको काम भैरहेको छ ।

त्यस्तै आ.व. २०७७/०७८ मा निर्माणका लागि सम्झौता भएका योजनाहरु राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्टिठान नवाल ट्रस निर्माण १० लाख, शिखर बस्ती सडक स्तरोन्नती ८ लाख र ढुङ्गेधारा दाइट टोल विकस समिति सडक ढलान लागत रु. १५ लाख रहेको अध्यक्ष रानाले बताए ।

Facebook Comments

अन्तिम अपडेट: २६ आश्विन २०७७, सोमबार १७:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया