बैकल्पिक बाटो बिस्तार बिरुद्ध किसानहरुबाट वडा कार्यालयलाई ध्यानाकर्षण

 २७ आश्विन २०७७, मंगलवार ०९:५९   | न्यूज अफ टोखा

बैकल्पिक बाटो बिस्तार बिरुद्ध किसानहरुबाट वडा कार्यालयलाई ध्यानाकर्षण

न्यूज अफ टोखा, २७ असोज । टोखाको मूल बस्ती बाहिरको बैकल्पिक बाटो बिस्तार बिरुद्ध टोखा नगरपालिका २ र ३ का वडा कार्यालयलाई किसानहरुले ध्यानाकर्षण गराएको छ ।

सोमबार उक्त बैकल्पिक बाटोका किसानहरुले टोखा गेटदेखि दक्षिणपश्चिम हुँदै सपनतीर्थसम्म पुग्ने सहायक मार्गलाई १२ मिटरसम्म विस्तार गरी स्तरोन्नतीका काम गर्ने योजना अन्तर्गत डिपिआरु तयारीका लागि सर्भे टोलि खटिएको भन्दै २ र ३ वडाका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएको हो ।


टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपकराज जोशी र  वडा नं ३ का सिंहराज श्रेष्ठलाई टोखा सहायक मार्गका किसानहरुले सोमबार वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ- साविक २४ फिटलाई थप विस्तार गरी ४० फिट कायम गर्नु अनावश्यक मात्र होइन अनुचित पनि हो तसर्थ हालको २३ फिटलाई थप विस्तार गर्न हामी जग्गावालाहरु सहमत मञ्जुर छैनौँ र यसमा हाम्रो शख्त विरोध छ । २४ फिट भन्दा बढी ३२ फिटसम्म गर्न किसानलाई जग्गाको उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ तसर्थ हालको २४ फिटभित्रै रहेर रिटेनिङ्ग वाल ड्रेन र मर्मत वा कालोपत्रे जोगर्नु पर्ने हो सोही अनुसार योजना अगाडि बढाउन हामी जोडदार माग गर्दछौँ । हाम्रो जनप्रतिनिधिहरु हाम्रै अहित हुनेगरी अगाडि बढ्नु हुने टैन र हामीलाई प्रतिकारका लागि सडकमा आउन वाध्य गर्नु हुनेछैन भन्ने पूर्ण विश्वस्तका साथ विनम्र यो निवेदन पेश गरेका छौँ । हाम्रो मागको सुनुवाई होस् ।


Facebook Comments

अन्तिम अपडेट: २७ आश्विन २०७७, मंगलवार ०९:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया