टोखामा कोरोना जोखिम बढ्दै, संक्रमित संख्या १,७१८ पुग्यो

 ३० आश्विन २०७७, शुक्रबार २३:०४   | न्यूज अफ टोखा

टोखामा कोरोना जोखिम बढ्दै, संक्रमित संख्या १,७१८ पुग्यो

न्यूज अफ टोखा, ३० असोज, काठमाडौं – टोखा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ।

संक्रमित बढ्दै गएपछि टोखा नगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो । शुक्रवार मात्र थप ११ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये वडा नं ३ मा ३ जना, ५ मा १, ७ मा १ , ११ मा २ र अन्य ४ जना रहेका छन् ।

टोखामा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ।
उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ तर लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ। यससंगै टोखा नगरपालिकामा पनि जोखिम उतिकै बढ्दै गएको छ।

संक्रमितको संख्या १,७१८

टोखा नगर स्वास्थ्य शाखाका अनुसार शुक्रबार नगरभर थप ११ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १,७१८ पुगेको छ। स्वास्थ्य शाखाका अनुसार १,०५९ जनाले कोरोना जितेर घर फर्किएका छन्, भने कोरोनाकै कारण ५ जनाको मृत्यु भइसकेको छ।

यस्तै हालसम्म ६५४ सकृय संक्रमित मध्य ५१८ जना होम क्वारेन्टाइनमा छन् भने ५५ जना आइसोलेसनमा छन्। त्यस्तै १८ जना सम्पर्क विहिन छन् । हालसम्म ५,७१६ जनाको पीसीआर नमूना परीक्षण भएका छन्। त्यस्तै कुल ३,५९५ जनाको सम्पर्क परीक्षण गरेका छन् ।

शुक्रबार १ नयाँ संक्रमित थपिएसंगै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र (नगर आइसोलेसन केन्द्र)मा १९ जना संक्रमित रहेका छन् ।

त्यस्तै शुक्रबार नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT) टिमले ११ जना संक्रमितहरूको सम्पर्क पहिचान गरि २७९ जनाको पीसीआर नमूना परीक्षणका लागि स्वाब संकलन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ३० आश्विन २०७७, शुक्रबार २३:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया