टोखामा थप ६९ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

 १ कार्तिक २०७७, शनिबार २२:१६   | न्यूज अफ टोखा

टोखामा थप ६९ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

न्यूज अफ टोखा, १ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा शनिवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने १ को मृत्यु भएको छ ।

टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार शनिवार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा २ जना, ३ मा ८ , ४ मा ७ , ५ मा ३, ६ मा ५, ७ मा ७, ८ मा ८, ९ मा , १० मा ६, ११ मा ९ र अन्य १९ जना रहेका छन् । त्यस्तै शनिवार वडा नं ७ का ८२ वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने ती महिला दिर्घ रोगका बिरामी भएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।

उनी सहित टोखा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

शनिवार थप ६९ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा संक्रमितको संख्या १७८७ जना पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १ कार्तिक २०७७, शनिबार २२:१६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया