थप ५९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १९११ पुग्यो

 ४ कार्तिक २०७७, मंगलवार ०९:१०   | न्यूज अफ टोखा

थप ५९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १९११ पुग्यो

न्यूज अफ टोखा, ४ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा सोमबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा २७ जना पुरूष र ३२ जना महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार सोमबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा १ जना, ३ मा ७ , ४ मा ६ , ५ मा १, ६ मा ११ , ७ मा ३, ८ मा ५ , ९ मा ३ , १० मा ८, ११ मा ४ , अन्य ४ र सम्पर्क नभएका ६ जना रहेका छन् ।

सोमबार थप ५९ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा संक्रमितको संख्या १९११ जना पुगेको छ ।

त्यस्तै सोमबार नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT Team) टिमले ५१ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकामा हाल ६७९ जना सकृय संक्रमित रहेका छन् ।आइतबार मात्रै ६५ जना संक्रमित थपिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ४ कार्तिक २०७७, मंगलवार ०९:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया