जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि, वडा कार्यालय कार्तिक १५ गतेसम्म बन्द रहने

 ५ कार्तिक २०७७, बुधबार १८:००   | न्यूज अफ टोखा

जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि, वडा कार्यालय कार्तिक १५ गतेसम्म बन्द रहने

न्यूज अफ टोखा, ५ कार्तिक, काठमाडौं – जनप्रतिनिधिलाईनै कोरोना संक्रमण पुष्टि भएपछि टोखा नगरपालिका वडा नं ३ कार्यालय कार्तिक १५ गतेसम्म बन्द हुनेभएको छ ।

बुधबार जनप्रतिनिधिमा कोरोना संक्रमण पोजिटिभ देखिएकाले कार्तिक ६ गतेदेखि १५ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिन लागेको वडा नं ३ का अध्यक्ष सिहराज श्रेष्ठले बताएका छन् ।

टोखा नगरपालिकाका वडाहरू मध्य यस वडामा कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ । यस वडामा संक्रमितको संख्या २३६ पुगेको छ । जसमध्ये १४५ जना निको भैसकेका छन् भने ९१ जना सकृय संक्रमित रहेका छन् । मंगलबार मात्रै ७ जना नयाँ संक्रमित थपिएका थिए ।

Facebook Comments

अन्तिम अपडेट: ५ कार्तिक २०७७, बुधबार १८:००

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया