२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

 ५ कार्तिक २०७७, बुधबार १९:३०   | न्यूज अफ टोखा

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अफ टोखा, ५ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा बुधबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा ११ जना पुरूष र ३ जना महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार बुधबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं ३ मा ३ जना, ४ मा २ , ६ मा २, ८ मा १, ९ मा १, १० मा ३, अन्य १ र सम्पर्क नभएका १ जना रहेका छन् ।

बुधबार थप १८ जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या १९९५ जना पुगेको छ । मंगलबार मात्रै ७० जना संक्रमित थपिएका थिए ।

नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले १४ जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।


त्यस्तै टोखा ३ वडा कार्यालयका केही जनप्रतिनिधिलाई समेत कोरोना पुष्टि भएको भन्दै भोलिदेखि कार्तिक १५ गतेसम्मका लागि वडा कार्यालय बन्द रहने वडा अध्यक्ष सिंहराज श्रेष्ट बताएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ५ कार्तिक २०७७, बुधबार १९:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया