थप ७० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १९८१ पुग्यो

 ५ कार्तिक २०७७, बुधबार १०:१३   | न्यूज अफ टोखा

थप ७० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १९८१ पुग्यो

न्यूज अफ टोखा, ५ कार्तिक, काठमाडौं – टोखा नगरपालिकामा मंगलबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेमा ४२ जना पुरूष र २८ जना महिला रहेका छन् ।

टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार मंगलबार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं १ मा १ जना, २ मा १, ३ मा ७ , ४ मा १० , ५ मा १, ६ मा १९ , ७ मा ७, ८ मा ४, ९ मा ४, १० मा ५, ११ मा ४ र सम्पर्क नभएका ५ जना रहेका छन् ।

मंगलबार थप ७० जना नयाँ संक्रमित थपिएसंगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या १९८१ जना पुगेको छ ।

त्यस्तै मंगलबार नगरपालिकाको संक्रमित खोजपड्ताल तथा सम्पर्क पहिचान (CICT TEAM) टिमले ७० जना संक्रमितहरूको सम्पर्क पहिचान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

टोखा नगरपालिकामा हाल ७३८ जना सकृय संक्रमित रहेका छन् भने १२१७ निको र ७ को मृत्यु भएको छ।

सोमबार मात्रै ५९ जना संक्रमित थपिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ५ कार्तिक २०७७, बुधबार १०:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया