“टि.एस.टि फ्रण्डशिप व्याडमिन्टन प्रतियोगिता २०७७” शुरू

 ८ कार्तिक २०७७, शनिबार १४:२५   | न्यूज अफ टोखा

“टि.एस.टि फ्रण्डशिप व्याडमिन्टन प्रतियोगिता २०७७” शुरू

न्यूज अफ टोखा, ८ कार्तिक | टि.एस.टि हेल्थ क्लव टोखाले विजया दशमी तथा दीपावली एवं नेपाल सम्वत् ११४१ को उपलक्ष्यमा आयोजित “टि.एस.टि फ्रण्डशिप व्याडमिन्टन प्रतियोगिता २०७७” शनिवारदेखि शुरू भएको छ ।

टोखा नगरपालिका वडा नं २ लबुं स्थित टि.एस.टि हेल्थ क्लव परिसरमा शनिवार विहान प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

खेल जगतमा व्याडमिन्टनलाई प्रवद्धन गर्नुका साथै खेलाडी खेलाडी बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न उक्त प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो ।

व्याडमिन्ट अन्तर्गत डवल म्यान व्याडमिन्ट प्रतियोगिता२० टिमको सहभागिता रहेको र उक्त खेल बेस्ट अफ थ्रीमा खेलाईने क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नगरस्तरीय प्रतियोगिता गर्ने क्लवको सोच भएपनि कोरोना महामारीका कारण हाल स्थानीयस्तरमा रहेका खेलाडीहरूमात्र प्रतियोगितामा सहभागिता गराएको उनले बताए ।

प्रतियोगितामा विजेता टिमलाइ मेडल तथा ट्रफी पुरस्कारस्वरूप प्रदान गरिनेभएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ८ कार्तिक २०७७, शनिबार १४:२५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया