तलेजु क्वाखल टोल बिकास संस्थाको शुभकामना तथा गमलामा फुल वृक्ष रोप्ने कार्यक्रम सम्पन्न

 ८ कार्तिक २०७७, शनिबार १२:४२   | न्यूज अफ टोखा

तलेजु क्वाखल टोल बिकास संस्थाको शुभकामना तथा गमलामा फुल वृक्ष रोप्ने कार्यक्रम सम्पन्न

न्यूज अफ टोखा,  ८ कार्तिक, काठमाडौं । तलेजु क्वाखल टोल बिकास संस्थाको आयोजनामा तलेजु मन्दिर परिसरमा गमलामा फुल वृक्षा रोप्न तथ शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

तलेजु क्वाखल टोल बिकास संस्थद्धारा बिजयादशमी तथा शुभ–दिपावली २०७७ को अवसरमा शनिवार विहान तलेजु मन्दिर परिसरमा शुभकामना आदानप्रदान, चियापान-समय्बजी कार्यक्रमका साथै ऐतिहासिक तलेजु मन्दिर परिसरमा गमलामा फुल वृक्ष रोप्ने कार्यक्रम समेत गरिएको थियो ।

टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपराज जोशीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै मनतव्यका क्रममा वडा अध्यक्ष जोशीले तलेजु क्वाखल टोल विकासकालागि टोलबासीहरुको उत्साहजन सहभागिता र कार्यको प्रशंसा गर्दै टोल विकासका लागि आवश्यक पर्ने बजेट माग आएमा वडाले सहयोग गर्ने बताए ।

जोशीले अर्को वर्षसम्मा टोल विकास संस्थानको कोशमा जसरी भए पनि ५ लाख  रुपैयाँ जम्मा गरिदिनेसमेत बच्न दिए । उनले आफ्नो टोलको विकासका लागि सबै टोलबासीहरु एक जुट भएर अगाडि बढेको खण्डमा चाडैनै सकरात्मक परिवर्तनको महशुष हुनेरहेछ भने डरो उदाहरण तलेजु क्वाखल टोल विकास संस्था भएको उनले मनतव्यका क्रममा बताए ।

तलेजु परिसरको व्यवस्थि विकास तथा निर्माणका लागि वडाबाट डिपिआर तयार गरिसकेको त्यसको लागि २५ लाख रुपैया यस आर्थिक वर्षमा विनियोजित गरिएको समेत उनले कार्यक्रममा बताए ।

 कार्यक्रममा बोल्दै नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोले तलेजु क्वाखः टोल ऐतिहासिक टोल भएको भन्दै यसलाई अझ राम्रो बनाउन टोलका सबै घरहरुलाई मौलिक स्वरुपमा निर्माण तथा व्यवस्थापन गर्नु पर्ने सुझाव दिए । उनले साँस्कृतिक संरक्षित क्षेत्र टोखाको बस्ती भित्रको घरहरुको स्वरुपमा एकरुपता ल्याउन नगरपालिकाबाट ६०/४० को कार्यक्रम तयार गरिएको र त्यसलाई कार्यान्वय गर्नकालागि वडा तथा सबै टोखाबासी अब अगाडि बढ्नु पर्ने जिकिर गरे ।

कार्यक्रममा भगवती क्लवका अध्यक्ष मदनलाल  श्रेष्ठले टोलबासीहरुको एकपास वीचको सहकार्य र लगनशीलतादेख्दा सबै टोलहरुमा यस्तै हुने हो भने आफ्नो स्थान विकास हुन धेरै समय नलाग्ने अनुभुति भएको विचार व्यक्त गरेका थिए ।

शुभकामना तथा फुल वृक्ष रोप्ने कार्यक्रममा टोखा देय नायः हेकराज श्रेष्ठ र फुटभलि संघ नेपालका अध्यक्ष मनिष जोशीले तलेजुको ऐतिहासिक महत्वको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका सभापति तथा टोल विकास संस्थानका अध्यक्ष रमेश नापितले आफ्नो टोलको सरसफाइ तथा विकासका टोलबासीहरुले खेलको भूमिका र सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि सक्रिय सहभागिताको अपेक्षा गरेका थिए ।

उनले कार्यक्रमा बोलन्ने क्रममा तलेजु मन्दिर परिसरमा २२ वटा गमलाहरु राखिएको समेत जानकारी गराएका थिए । जस मध्य मंगलदास श्रेष्ठको तर्फबाट २ वटा गमला सहयोग साप्त भएको र बाँकी २० वटा प्रति वटा २२०० का दरले टोल विकास समितिकै खर्चबाट किनेको समेत कार्यक्रमा जानकारी गारएका थिए ।

कार्यक्रम टोल विकास समितिका सचिव शेखर डंगोले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनैतिक दल, पत्रकार तथा टोलवासीहरुको सहभागिता समेत रहेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: ८ कार्तिक २०७७, शनिबार १२:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया