फलाइङ कारले पायो अनुमति, सन् २०२३ सम्ममा बजारमा ल्याउने तयारी

 १३ कार्तिक २०७७, बिहीबार १९:२९   | सागर राज लवट

न्यूज अफ टोखा, काठमाडौँ । बिगत केही वर्षदेखि चर्चामा रहेको उड्ने कार (फलाइङ कार) ले अनुमति पाएको छ । युरोपियन रोड कमिसनको ट्रायलमा कार पास भएपछि चलाउनका लागि कारले अनुमति पाएको हो । तर, कारले अझैं आकाशमा उड्ने भने अनुमति पाएको छैन । उड्नका लागि युरोपियन एभिसन सेप्टी एजेन्सीबाट अनुमति लिनु पर्नेछ ।

कार पर्सनल एयर ल्याण्ड ब्हीकल (पिएएल) डच नाम कम्पनीले बनाएको हो । कार बनाउने कम्पनीले पिएएल–भि लिबर्टी को दुनियाँमा पहिलो मोडल फ्लाइङ भएको दाबी गरेको छ ।

केही समयअघि संयुक्त अरब इमिरेट्सको एक कम्पनी स्काइड्राइभले पनि फ्लाइङ ट्याक्सीबारे केही तथ्यहरु सार्वजनिक गरेको थिए । ती तथ्यहरुका अनुसार फ्लाइङ ट्याक्सी कार ५ देखि १० मिनेटसम्म हावामा उड्न सक्छ । निर्माण गर्ने इञ्जियरले त्यस्तो ट्याक्सीलाई ३० मिनेटसम्म हावामा उडाउने लक्ष्य लिएका थिए । 

स्काइड्राइभ कम्पनीका सिइओ तामोहिरो फुकुजावाका अनुसार सन् २०२३ सम्मा उक्त ट्याक्सी बजारमा ल्याइनेछ ।  स्काइड्राइभको उक्त परियोजना सन् २०१२ मा सुरु भएको थियो । परियोजनामा टोयोटा समेत गरी तीन वटा कम्पनी सहभागी रहेको बताइन्छ ।

एजेन्सीको सहयोगमा

Facebook Comments

अन्तिम अपडेट: १३ कार्तिक २०७७, बिहीबार १९:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया