टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा देय् थकाली सम्मानीत

 १४ कार्तिक २०७७, शुक्रबार १८:०६   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, १४ कार्तिक, काठमाडौं – टोखा परम्परागत चाकु संरक्षण समाज टोखाका दे थकालीलाई सम्मानीत गरेका छन् ।

टोखा नगरपालिका वडा नं २ निवासी १०५ वर्षका जेष्ठ नागरिक तथा देय् थकाली तुल्सी नारायण श्रेष्ठलाई टोखा परम्परागत चाकु संरक्षण समाज टोखाले उनकै निवासमा सम्मानित गरेको हो ।

परम्परागत चाकु संरक्षण समाजले ऐतिहासिक ,सांस्कृतिक संरक्षित क्षेत्र टोखाको देय् थकालि(जेष्ठ नागरिक) भगवान स्वरुप , अग्रणी व्यक्तित्व सम्माननिय तुल्सी नारायण श्रेष्ठले हाम्रो पुर्खाको वस्ती तुख्य:(टोखा)को गौरव हुने कार्यमा आफ्नो सम्पुर्ण जिवन समर्पित गरि गाउँ गाउँमा परम्परागत चाकु उत्पादन गरि बेचेर जनजनमा चाकुको स्वाद चखाउने कार्यमा समर्पित गरेको भन्दै उहाको लामो आयु र दीर्घकालीन जीवनबाट टोखा परम्परागत चाकु संरक्षण समाज गौरवान्वित भएको भन्दै १०५ वर्षको दिर्घायु प्रेरणादायी जीवनबाट टोखा परम्परागत चाकु संरक्षण समाजले उहाँबाट सधै सिकिरहन पाओस् साथै पछिल्लो पिढींले पनि उहाँबाट सिक्दै जाउन भन्ने आशा र भरोसा व्यक्त गरेको छ।

देय् थकाली तुल्सी नारायण श्रेष्ठको संघर्षपुर्ण जीवनको कथा टोखालाई उद्यमशिलता तर्फ यात्राको ईतिहास बनिरहोस् भन्दै उक्त सम्मान कदर -पत्र प्रदान गरेका हुन्।

Facebook Comments

अन्तिम अपडेट: १४ कार्तिक २०७७, शुक्रबार १८:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया