एकैदिन ४ हजार ५०० जना डिस्चार्ज, २ हजार ९०९ जनामा सङ्क्रमण

 २१ कार्तिक २०७७, शुक्रबार १७:०९   | न्यूज अफ टोखा

काठमाडौँ । नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नाै सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा चार हजार पाँच सय जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५२ हजार नाै सय आठ पुगेको छ ।  

अब नेपालमा ३४ हजार नाै सय पाँच जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेकाे छ । 

Facebook Comments

अन्तिम अपडेट: २१ कार्तिक २०७७, शुक्रबार १७:०९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया