बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने सरकारको निर्णय

 २५ कार्तिक २०७७, मंगलवार १९:१०   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ – बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो  । यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो ।

सरकारले अब बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ । सकेसम्म सस्तोमा मल खरिद गर्ने नेपालको तयारी छ ।

ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव हुने गरेको छ । यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २५ कार्तिक २०७७, मंगलवार १९:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया