ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौँ । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको हुँदा हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञहरूले बताएका छन्।
नेपालमा सङ्क्रमणको उच्च अवस्था ‘पिक टाइम’ अक्टोबरको अन्त्यतिर पार गरिसकेको भए पनि जाडो याम सुरु भएसँगै अर्को ‘पिक टाइम’ आउने सम्भावना रहेको उनीहरूको मत छ।
दक्षिण एशियाली देशहरूको तुलना गर्दा नेपालको सङ्क्रमणमुक्त हुने दर छैठौँ स्थानमा छ।
नेपालमा सङक्रमित हुनेको सङख्या १,९९,७६० पुग्दा १,६०,५७७ जना अर्थात् ८० प्रतिशत सङ्क्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार जाडो याम नजिकिँदा सङ्क्रमणमुक्त हुने दर बढाउने चुनौती रहेको छ।
यो दर पछिल्लो तीन सातामा करिब दोबरले बढेको भए पनि अन्य दक्षिण एशियाली मुलुकको तुलनामा नेपाल पछाडि रहेको उनी बताउँछन्।
“कोरोनाभाइरसका कारण पहिला नै चुनौती छ। त्यसबाहेक जाडो बढेसँगै स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको समस्या पनि बढ्छ र वृद्धवृद्धामा समस्या देखिएसँगै मृत्युदर पनि बढ्छ।”
“यसले गर्दा हामीमाझ चुनौती झन् धेरै छ,” डा. तिवारीले भने।
उनले व्यवस्थापकको कमजोरीका कारण नेपालमा सङ्क्रमितहरू अन्य देशमा भन्दा लामो समय उपचारमा बस्ने र त्यसले सङ्क्रमणमुक्त हुने दर कम देखिने बताए।
दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर सबैभन्दा राम्रो रहेको छ।
सुरुमा सङक्रमित हुने र मृत्युदर धेरै रहेको पाकिस्तानमा सङ्क्रमणमुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ। त्यसपछि माल्दिभ्समा ९३ प्रतिशत रहेको छ।
विश्वकै दोस्रो नम्बरमा सक्रिय सङ्क्रमित रहेको भारतको दर नेपालको भन्दा राम्रो छ। त्यहाँ ९२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्।
केही अध्ययनहरूले भारतमा सङ्क्रमितको सङ्ख्या गएको सेप्टेम्बर महिनामा नै उच्च रहेको देखाएका थिए।
त्यसकै हाराहारी भुटानमा पनि हुने दर ९१ प्रतिशत रहेको छ।
मृत्युदर सबैभन्दा धेरै रहेको अफगानिस्तानमा पनि सङ्क्रमणमुक्त हुने दर भने नेपालको भन्दा राम्रो रहेको छ।
नेपालमा अहिले सङ्क्रमणमुक्त हुने दर ८० प्रतिशत रहेको छ भने अफगानिस्तानमा ८३.३ प्रतिशत रहेको छ।
नेपालपछि सङ्क्रमणमुक्त हुने दर बाङ्ग्लादेश र श्रीलङ्कामा कम रहेको छ। बाङ्ग्लादेशमा त्यो दर ७९.९ प्रतिशत रहेको छ भने श्रीलङ्कामा ४७ प्रतिशत रहेको छ।
परीक्षण सङ्ख्या कम भएको र चाडबाडका बीच कन्ट्याक्ट ट्रेसिङ पनि कम भएको एवम् सशुल्क परीक्षणका कारण सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या ‘कृत्रिम’ देखिएको सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्।
आइतवार थप सङ्क्रमितको सङ्ख्या २,८१७ र मृत्यु सङ्ख्या २१ रहेको थियो भने सोमवार सो सङ्ख्या २,७३६ र २२ थियो।
देशभरि ३८,०३५ सक्रिय सङ्क्रमित रहँदा काठमाण्डूमा उपत्यकामा मात्रै आधाभन्दा बढी २०,२६० सक्रिय सङ्क्रमित छन्।
“काठमाण्डू उपत्यकाको मात्रै तथ्याङ्क हेर्ने हो भने दक्षिण एशियामा नेपालको अवस्था भयावह छ। कुल सङ्ख्याभन्दा पनि एक महिना वा दुई महिनाको मृत्यु र सङ्क्रमितको सङख्या दाँज्ने हो भने अवस्था चिन्ताजनक रहेको छ,” डा. कोइराला भन्छन्।
दक्षिण एशियाका देशहरूमा सबैभन्दा धेरै मृत्युदर अफगानिस्तानमा रहेको छ।
सार्कको विपद् व्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार अफगानिस्तानमा मृत्युदर ३.७ प्रतिशत रहेको छ।
त्यसपछि पाकिस्तानमा दुई प्रतिशत, भारतमा १.५ प्रतिशत, बाङ्ग्लादेशमा १.४ प्रतिशत रहेको छ।
नेपालमा भने तुलनात्मक रूपमा मृत्युदर कम देखिएको छ। नेपालमा ०.६ प्रतिशत मृत्युदर रहेको छ।
त्यसपछि माल्दिभ्समा ०.३ प्रतिशत र श्रीलङ्कामा ०.२ प्रतिशत छ भने भुटानमा अहिलसम्म कोरोनाभाइरसका कारण कसैको मृत्यु भएको छैन। #बिबिसि नेपाली
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८