प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड

 २७ कार्तिक २०७७, बिहीबार १२:३८   | न्यूज अफ टोखा

२७ कात्तिक काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २७ कार्तिक २०७७, बिहीबार १२:३८

तपाईको प्रतिक्रिया