कोरोना खोप आयातका लागि अध्यादेश तयार

 २८ कार्तिक २०७७, शुक्रबार १०:२८   | न्यूज अफ टोखा

२८ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् ।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी पनि दिए ।

तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उनले बताए । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ ।

कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम पाँच शय्ययाको अस्थायी अस्पताल निर्माणका लागि बजेट पठाइसकेको जानकारी पनि दिए ।

Facebook Comments

अन्तिम अपडेट: २८ कार्तिक २०७७, शुक्रबार १०:२८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया