बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
२७ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभडि–१९) का कारण बन्द रहेका खेल गतिविधि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फुटबल, क्रिकेट, बास्केट बल लगायतका खेल गतिविधि गर्न खुल्ला गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार स्वास्थ्य तथा सुरक्षा लगायतका मापदण्ड पालना गरेर निम्न खेल गतिविधि गर्न अनुमति दिइएको छ :
–ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनौट हुने खेलका प्रशिक्षण सुचारु गर्न
–फुटबल–क्रिकेट लगायतका खेलहरू अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन
–मैत्रीपूर्ण खेलहरू आयोजना गर्न
–स्थगित रहेका फुटबलका डिभिजन खेलहरू सञ्चालनको तयारी गर्न
–विभिन्न खेल संस्थाहरूमार्फत आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षण लगायत तयारी गर्न
–खेल संघहरूको गतिविधि सञ्चालन गर्न/गराउन ।
सरकारले गत चैतदेखि समूहमा खेलिने खेलकुद गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९