प्रधानमन्त्रीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा जम्मा गर्ने

 २८ कार्तिक २०७७, शुक्रबार १०:४४   | न्यूज अफ टोखा

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । 

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

यससँगै मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री र राज्यमन्त्रीको आधा तलब पनि कोरोना कोषमा जम्मा हुने भएको छ । 

अर्थ मन्त्रालयको सिफारिसमा सो निर्णय भएको गुरुङले बताएका छन् । 

Facebook Comments

अन्तिम अपडेट: २८ कार्तिक २०७७, शुक्रबार १०:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया