टोखा युवा बहुउद्देश्यीय सहकारीको उद्घाटन

 २९ कार्तिक २०७७, शनिबार १४:३२   | न्यूज अफ टोखा

काठमाडौं । टोखा नगरपालिका – २ वडा स्थित हासल चोकमा टोखा युवा बहुउद्देश्यीय सहकारी लिमिटेड सञ्चालनमा आएको छ । टोखा युवा क्लवको संरक्षणमा क्लवका सदस्यहरुका श्रीमतीहरुको आबद्धतामा महिला र युवा सहकारीले शनिवारदेखि टोखा १, २ र ३ वडालाई केन्द्रबिन्दु बनाएर सहकारी सञ्चालन गरेका हुन् । 


सहकारीको उद्घाटन गर्नुहुदै टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल ।


२०७७ सालमा दर्ता भएको टोखा युवा बहुउद्देश्यीय सहकारी आजबाट औपचारिक सुरुवात गरिएको अध्यक्ष शान्ती श्रेष्ठले जानकारी दिइन । सहकारीको उद्घाटन टोखा नगरपालिका उपप्रमखु ज्ञानमाया डंगोलले गरिकी हुन् । विशेष अतिथिको रुपमा टोखा यूवा क्लवका अध्यक्ष राम राज श्रेष्ठ तथा क्लवका सदस्यहरुको उपस्थितिमा सहकारीको औपचारिक उद्घाटन गरिएको छ ।

 
उद्घाटन कार्यक्रममा सहभागी हुँदै अध्यक्ष श्रेष्ठले सरकारी स्थापना गर्नुको उद्देश्यका साथै सरकारीसँग सम्बन्धित नियम विनियमको बारेमा जानकारी गराए । उनले क्लवको संरक्षणमा सञ्चालित सहकारी सञ्चालनका लागि क्लवका सदस्यहरु बसेको बैठकबाट नयाँ चुनिएर आएका क्लवको अध्यक्ष सहकारीको संरक्षक हुने निर्णय भएको मन्तव्यका क्रममा जानकारी दिए । साथै महिलाहरुको नेतृत्वमा सञ्चालित सहकारी भएकाले महिलाहरुको हितको लागि सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु आफ्नो जिम्मेवारी र कर्तव्यलाई पुर्णरुपमा निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

टोखा यूवा क्लवका सदस्यहरु जो विभिन्न पेशा व्यवसायमा आबद्ध भएका युवा तथा महिलाहरुले सुरु गरेको सहकारीलाई कार्यक्रममा प्रमुख अतिथि तथा उप प्रमुख ज्ञानमाया डंगोलले शुभकामना व्यक्त गर्दै सहकारीको सिद्धान्तबाट विचलित नभई अघि बढ्न सुझाव दिएका छन् । 


‘टोखा युवाको संसार,आर्थिक पुँजीको भण्डार ’ भन्ने नारा सहित सुरु गरिएको सहकारीको हाल चुक्ता पुँजि २१ लाख रुपैयाँ रहेकोछ । महिला अध्यक्ष भएको सो सहकारी संस्थामा नारी सम्बद्धन बचत योजना सहित जेष्ठ नागरिक बचत योजना, नियमित बचत, अवधी क्रमिक बचत योजना, बाल भविष्य बचत योजना, शेयर बचत योजना, सम्बद्धन व्यवसायिक उन्नती बचत, ३६५ दिने बचत जस्ता बचत योजना रहेका छन् । त्यस्तै सहकारीमा सामूहिक जमानी कर्जा, व्यवसायिक कर्जा, महिला उद्यमी कर्जा, शैक्षिक कर्जा, आवधिक बचत धितो कर्जा, सम्बद्धन छिटो कर्जा सुविधा पाइनेछ । 


महिला तथा युवाहरुद्वारा सञ्चालित सहकारी संस्थाले युवा तथा महिलाहरुलाई उद्यममा प्रेरित गर्ने उद्देश्यले पेशा व्यवसायको अतिरिक्त सहकारीको माध्यमबाट देश र समाजको सेवा गर्ने उद्देश्यले पुँजि जुटाएर सहकारी संस्थाको सुरुवात गरिएको अध्यक्ष शान्तिले बताइन ।

सहकारीका शान्ती श्रेष्ठको अध्यक्षतामा नौ सदसीय कार्य समितिको गठन समेत गरिएको छ । जसमा राज्यलक्ष्मी श्रेष्ठ (उपाध्यक्ष), अनिता श्रेष्ठ (सचिव), निशा डंगोल (कोषाध्यक्ष ), सदस्यहरुमा मंगलीदेवी श्रेष्ठ, नारायण देवी श्रेष्ठ, बुद्ध श्रेष्ठ, अष्ट कुमार र राजकाजी श्रेष्ठ रहेका छन् ।

त्यस्तै ऋण समितिमा अष्ट कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदसीय समितिको गठन गरिएको छ । जसमा धनवती श्रेष्ठ र राज्यलक्ष्मी श्रेष्ठ सदस्य रहेका छन् । भने मंगलदेवी श्रेष्ठको संयोजकत्वमा राजमती श्रेष्ठ र प्रदिप श्रेष्ठको सदस्यतामा शिक्षा समितिको गठन गरिएको छ ।
 
टोखा बहु उद्देश्य सहकारी संस्थाका अध्यक्ष शान्ती श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन
कार्यक्रममा टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, टोखा २ वडाका वडाध्यक्ष दिपक राज जोशी, नेवाः गुथि तोखाका अध्यक्ष देवराज जोशी, टोखा सास्कृतिक संरक्षण विकास समितका अध्यक्ष गणेशमान श्रेष्ठ तथा क्लवका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २९ कार्तिक २०७७, शनिबार १४:३२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया