टोखा संस्कृति संरक्षित क्षेत्रदेखी विष्णुमति-सपनतीर्थ करिडोरसम्म विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

 २९ कार्तिक २०७७, शनिबार १८:४७   | न्यूज अफ टोखा

काठमाडौँ । टोखा संस्कृति संरक्षित क्षेत्रदेखी विष्णुमति-सपनतीर्थ करिडोरसम्म विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृति सम्पदा संरक्षण दबु टोखाको आयोजना तथा बिष्णुमति करिडोर सरोकार समितिको सहआयोजनामा शनिवार विहान टोखा -३ वडा कार्यालयको सभाहलमा नेपाल सम्वत् ११४१ नयाँ वर्षको अवसरपारी चियापान तथा टोखा संस्कृति संरक्षित क्षेत्रदेखी विष्णुमति-सपनतीर्थ करिडोरसम्म विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


उक्त कार्यक्रममा करिडोरको मापदण्ड, उचित व्यवस्थापन, करिडोर क्षेत्रको सम्भावित विकास र त्यसको फराकिलो लगायत विषयमा केन्द्रित रहेर अधिकांश बक्ताहरूले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

टोखा मुलबस्ती हालको २ र ३ वडा सांस्कृतिक संरक्षित क्षेत्रको रूपमा घोषणा भैसकेपछि त्यहाँको मौलिकता र पहिचानलाई सुहाउने भौतिकपुर्वाधारको निर्माण तथा करिडोरको व्यवस्थापन गर्नु पर्नेमा बक्ताहरूले विशेष जोड्दिएका थिए ।

करिडोरको मापदण्ड भन्दा केही नेतृत्व वर्ग र नेताहरू स्मार्ट सिटी, ल्याण्ड पुलिङ्ग लगायतको नाममा सर्वसाधारणहरूलाई त्रसित बनाई रहेको दबुका अध्यक्ष तथा कार्यक्रमका सभापति मनिराज डंगोलले कार्यक्रममा बताए ।

करिडोरको स्थलगत अध्ययन र आवश्यकता अनुसार मापदण्ड तोकि अगाडि बढ्नु पर्नेमा अनावश्यक रूपमा केही नेतृत्व वर्ग र नेताहरू यो र त्यो बहानामा सर्वसाधारणहरूलाई त्रसित बनाउने र लुटन लागि परेको उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै टोखा – २ का वडा अध्यक्ष दिपकराज जोशीले खोलाको वास्तविक सिमाना पहिचान गरि यदि करिडोर व्यवस्थापन गर्नसके आम सर्वसाधारणहरूको जग्गा यथावत रहने गरि नै करिडोरको व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरे ।

समयक्रमसंगै खोला खुम्चिदै गएको भन्दै उनले भने- यदि हामीले खोलाको वास्तविक सिमानालाई पहिचान तथा कार्यम गरि अगाडि बढ्ने हो भने हामीले चाहेको जस्तो विष्णुमति र सपनतीर्थ खोला करिडोरमा पुर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि हामी सबै एक जुट भएर लाग्न आवश्यक छ ।

मेरो दृष्यमा टोखाको साँस्कृतिक सम्पदा र पर्यटकीय नगरीको सम्भावता‘ कार्यपत्र प्रस्तुत

दबुका सल्लाहकार तथा शिक्षक हरिदास श्रेष्ठले ‘मेरो दृष्यमा टोखाको साँस्कृतिक सम्पदा र पर्यटकीय नगरीको सम्भावता’ नाम कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्र विशेष गरी हालको टोखा १, २ र ३ वडा साविक झोर महाँकाल, टोखा चण्डेश्वरी र सरस्वती गाविसको साँस्कृति, भौगोलिक विविधतालगायतलाई पर्यटनसँग जोड्दै अर्थ उपार्जनसँग जोडदिएको देखिन्छ । पर्यटकीय नगरको रुपमा अगाडी बढाउन आवश्यक पुर्वाधारको निर्माण तथा व्यवस्थानमा विशेष केन्द्रित रहेर कार्यपत्र तयार पारिएको देखिन्छ ।

जसमा विष्णुमति खोला र सपनतीर्थ खोला करिडोर निर्माण ततपश्चात एकैनासको कलात्मक भवनको निर्माण, कृषी, होमस्टे, पार्कहरुको निर्माण, खुल्ला संग्रहालय तथा मौलिक नृत्य प्रशिक्षण केन्द्र, म्यूजिकल वाटर फाउन्टेन, क्यानोइन, झोरदेखि भन्ज्यङ्गसम्म केवलकार, खानेपानी तथा तरकारीको भण्डार, चण्डेश्वरीदेखि बिष्णापसम्म ट्रकिङ्ग रुट लागयतको विषय वस्तु उक्त कार्यपत्रमा समावेश गरिएको थियो ।

कार्यक्रमा प्रस्तुत कार्यपत्रमा केन्द्रित रहेर वातावरण विद् मोहन बिक्रम श्रेष्ठले कुनै पनि विकास तथा पुर्वाधार निर्माणमा गर्दा मानव, वातावरण तथा पशुपन्छी, जीवजन्तु मैत्रि बनाउनु पर्ने तर्फ ध्यान पुर्‍याउनु पर्नेमा जोड्दिएका थिए ।

कार्यक्रममा साँस्कृति संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, राधेश्यम श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: २९ कार्तिक २०७७, शनिबार १८:४७

तपाईको प्रतिक्रिया