आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
काठमाडौँ । नेपाल सम्वत् ११४१ नयाँ वर्षको अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा शुक्रबार एक विशेष कार्यक्रम गरी मनाइएको छ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्ष सामान्य रुपमा न्हुदँ ११४१ शुभकामना आदानप्रदान कार्यक्रम क्वाखः तलेजु मन्दिर परिसरमा मानाइएको हो ।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त विशेष कार्यक्रममा टोखामा चलाएमा १५ साँस्कृतिक दाफा भजन खलः, जीवितदेवी द्वय गणेश र कुमारी तथा तलेजु मन्दिर सञ्चालनार्थ टोखा नगरपालिकाले वर्षेनी प्रदान गरिदै आइरहेको सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय भाजुमान डंगोलका छोरा द्वय भाइमान र भिंद्यो डंगोलले चार महिनासम्मा सन्ध्याकालिन समयमा भजन गर्ने ६ वटा चतुर्मास दाफा भजन खलःलाई सम्मान स्वरुप जनहि पाँच/पाँच हजार रुपैयाँ उक्त कार्यक्रममा हस्तान्तरण गरिएको थियो । भाजुमान डंगोलका छोराहरुले उनको स्मृतिमा गत वर्षदेखि उक्त रकम प्रदान गर्दै आइरहेको छ ।
टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले संस्कृति संरक्षित क्षेत्रको चलायमान संस्कृतिको संरक्षणका लागि १ करोडको साँस्कृतिक अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । कार्यक्रममा बोल्दैन नगर प्रमुख अधिकारीले टोखाको संस्कृति र सम्पदा सिंगो टोखा नगरपालिकाको सम्पति र गौरव भएको भन्दै यसको संरक्षण र उत्थान गर्ने दायित्व नगरपालिकाको रहेको बताए । उनले कमितमा ५ करोडसम्मको अक्षय कोषको व्यवस्था गर्नु पर्नेमा जोड् समेत दिए ।
गत वर्षदेखि नेवाः गुथि तोखाको पहलमा टोखामा रहेका विभिन्न विधा तथा क्षेत्रका व्यक्तित्वको स्मृतिमा आफ्नो इच्छा अनुसार एक विधा वा क्षेत्रमा लागि परेका व्यक्तित्वको सम्मान तथा सहयोगार्थ पुरस्कृत गर्ने उद्देश्य दूई लाख बराबरको विभिन्न स्मृति पुरस्कारको स्थापनसमेत गरिएको थियो र स्थापना गर्नेक्रम जारी ररहेको छ ।
टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका तथा कार्यक्रम आयोजकका अध्यक्ष गणेशमान श्रेष्ठले संस्कृति सम्पदाको जर्गेनामा लागि परेका अग्रजहरुको सम्मान गर्ने कार्यमा टोखाका युवापुस्ता बढिरहेकोमा खुशी ब्यक्त गर्दै अब संस्कृति सम्पदाको पुननिर्माण तथा त्यसको उत्थानका लागि पनि सक्रियता देखाउनु पर्ने कार्यक्रममा बताए ।
टोखा नगरपालिका वडा नं २ चण्डेश्वरीका वडा अध्यक्ष दिपक राज जोशीले भौतिक पुर्वाधार विकास निर्माणका काम सँगसँगै सामाजिक विकासका कामहरु पनि अगाडि बढाईने बताए । उनले टोखाको मौलिक संस्कृति तथा सम्पदाहरुको उत्थान तथा विकासका लागि वडा कार्यालय तथा सिंगो टोखा नगरपालिकाको साथ सहयोग हरहमेसा रहनेसमेत कार्यक्रममा बताएका थिए ।
त्यस्तै टोखा नगरपालिका वडा नं ३ सरस्वतीका वडा अध्यक्ष सिह राज श्रेष्ठले सम्पुर्ण युवावर्गले पहिले टोखा के हो? र त्यसको पहिचान के हो ? भन्ने जान्न आश्यक रहेको भन्दै हामी सबै एकताबद्ध भएर अगाडि बढ्न सकेमा मात्र हाम्रो परम्परा, संस्कृति र सम्पदा जीवन्त रहने धारण व्यक्त गरेका थिए ।
कार्यक्रमा बोल्दै नेवाः गुथि तोखाका अध्यक्ष तथा कार्यक्रमका सभापति देव राज डंगोलले साँस्कृतिक अक्षय कोष स्थापनाको कार्यविधि तयार भैरहेको बताउदै टोखाको संस्कृतिको उत्थान तथा जीवन्त तुल्याइराख्ने कार्यमा अहोरात्र खटिएका दाफा भजन खलः लाई सहयोग गर्ने सहयोगिहरु प्रति धन्यवाद ब्यक्त गरेका थिए ।
नेवाः गुथि तोखाका महासचिव रमेश नापितले सञ्चालन गरेको उक्त कार्यक्रममा नेवाः देय् दबुका केन्द्रिय सचिव सत्य नारायण डंगोल, गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशी, टोखा १,२ र ३ का जनप्रतिनिधि, देय नाय हेमराज श्रेष्ठ तथा विभिन्न दाफा भजन खलःका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको थप फोटो हेर्नुहोस्
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९