शंखधर एक, मुहार अनेक

 १ मंसिर २०७७, सोमबार ००:१७   | न्यूज अफ टोखा


बसन्त महर्जन

नेपाल सम्बतका प्रवर्तक मानिएका शंखधर साख्वाः नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषित व्यक्तित्व हुन् । अस्पष्ट नै सही तर उनको व्यक्तित्वलाई लिएर नेपाली समाज कृतज्ञ छन् र नेपाल सम्बतअनुसार वर्ष फेरिने. क्रममा प्रत्येक नयाँ वर्षको सन्दर्भमा हुने शुभकामना आदानप्रदानमा शंखधरलाई पनि सम्झने र उनका बारेमा चर्चा गर्ने गरिन्छ ।

नेपाल सम्बतसँग शंखधरको नाम जोडिए पनि ती श्रोतहरु वंशावली तथा किम्वदन्तीहरुमा नै सीमित थियो । ऐतिहासिक प्रमाणको अभावमा थुप्रै प्रश्नहरु तेर्सिएको अवस्था थियो र विवादकै विषयवस्तु भइरहेको अवस्थामा थियो । यस्तैमा केही वर्षअघि उनको नाम अंकित अभिलेख

भक्तपुरको जेला टोलस्थित एक पाटीमा भेटिएपछि ती प्रश्न वा विवादहरुले निकास पाएको थियो, अर्थात् यिनी पनि ऐतिहासिक नै हुन् भन्ने  प्रमाणित भयो ।

तर, शंखधर साख्वाःको मुहार भनी बजारमा ल्याइएका अनेकौं तस्वीरहरु बजारमा उपलब्ध छन् जुन एकै रुपका छैनन । जसलाई जस्तो मन प¥यो त्यस्तै रुपको अनुहार बनाएर शंखधर भनी प्रस्तुत गरेको पाइन्छ, यसमा कसैको नियन्त्रण पाइँदैन । जसलाई जस्तो मन लाग्यो त्यस्तै मुहारका चित्रहरु बनाई बजारमा ल्याउने कार्य अचेल अझ बढेको पाइन्छ । पशुपतिनाथ मन्दिर परिसरमा अवस्थित एक अज्ञात मूर्तिलाई नै सुरुमा शंखधरको मूर्ति मान्ने गरिएको थियो । कनफट्टा जोगीको रुप भन्न सकिने सो मूर्तिलाई के कति कारणले शंखधरको मूर्ति भनियो, कुनै आधार वा तर्क पाइँदैन । यस सन्दर्भमा कुनै अध्ययन अनुसन्धान भएको जस्तो पनि लाग्दैन । त्यसपछि बनेका तस्वीर तथा मूर्तिहरु अघिल्लोसँग मिल्दैन पनि ।

नेपाल सम्बत र शंखधर साख्वाःका सम्बन्धमा गहिरो सम्बन्ध राख्दै यसको प्रचारप्रसार तथा व्यावहारमा ल्याउने काम नेवार समुदायबाट हुँदै 

आइरहेको छ । यसै क्रममा शंखधर साख्वाः नेपालको राष्ट्रिय विभूति र नेपाल सम्वत राष्ट्रिय सम्वतका रुपमा घोषित पनि भयो । 

तर राष्ट्रिय स्तरमा स्थापित इतिहास, संस्कृतिसँग सम्बन्धित अध्ययन संस्थाहरुको चासो यतातर्फ खिच्न सकेको छैन । यस विषयवस्तुमा वर्षौंअघिदेखि लाग्दै आएका नेवार संघसंस्थाले प्रचलनमा ल्याउने तस्वीर तथा मूर्तिहरुमा नै पनि एकरुपता नभएको र के कति कारणले त्यो नयाँ नयाँ अनुहारलाई अगाडि सार्नु परेको भनेर जवाफ दिने दायित्व पनि पूरा गर्दैनन् ।यी कारणले गर्दा शंखधरका यी विभिन्न रुपका अनुहारहरुलाई अनधिकृत मान्नु पर्ने अवस्था छ । 

शंखधरका अनेकौं मुख मुद्राका ती तस्वीर तथा मूर्तिहरु थुप्रै संख्यामा

पाइन्छन् र ती अनुहारहरुमध्ये केहीको संकलन यहाँ गरिएको छ ।

यो पनि

नेपालको गौरव : नेपाल संवत्

लुँखुसी शंखधरया लुँ (नेपाल सम्वत विशेष)

नेपाल सम्वत् कसरी प्रयोग गर्ने ?

Facebook Comments

अन्तिम अपडेट: १ मंसिर २०७७, सोमबार ००:१७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया