घ्य चाकु संल्हुया महिमा
२९ पुष २०७७, बुधबार २२:४६
काठमाडौँ । संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्ष तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मान स्वरुप १ करोडको सांस्कृतिक अक्षय कोषको स्थापनाको घोषणा गरेको छ ।
नेपाल सम्वत् ११४१ को अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा आयोजित न्हुदँ लसकुस शुभकामना आदानप्रदान तथा साँस्कृति खलः पुचःलाई रकम हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाको जीवन्त संस्कृतिलाई जीवन्तता तुल्याइ राख्नका लागि १ करोडको सांस्कृति अक्षय कोषको स्थापनाको घोषणा गरेका हुन ।
नगर प्रमुख अधिकारीले ऐतिहासिक नगरी टोखाको मौलिक पहिचान कलाा संस्कृति सिंगो टोखा नगरपालिकाको सम्पति भएकाले त्यसलाई जीवन्तता तुल्याइ राख्नका लागि दिनरात अहोरात्र खति आफ्नो जीवनसमेत त्यसैमा समर्पित गरेका व्यक्तित्वहरुको सम्मान तथा हैसला दिने काममा टोखा नगरपालिका सदैव तयार रहेको बताए ।
उनले १ करोनको अक्षय कोषलाई बढाएर ५ करोडसम्म पुर्याउनु पर्ने भन्दै यसका लागि सबै सहकार्य गर्दै अघि बढ्न समेत आग्रह गरेका थिए ।
नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखामा चलाएमान १५ बाजा खलः पुच, जीवित देवी गणेश र कुमारी तथा तलेजु सञ्चालनका लागि वर्षेनि दिदै आएको रकम हस्तान्तरण समेत गरिएका थिए ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सिमित सांस्कृतिक खल: पुचका प्रतिनिधि तथा जनप्रतिनिधि लगायतको सहभागितामा क्वाखः तलेजु मन्दिर परिसरमा कार्यक्रममको आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३
२८ पुष २०७७, मंगलवार १९:३३
२८ पुष २०७७, मंगलवार १२:३८
२८ पुष २०७७, मंगलवार ११:५३
२७ पुष २०७७, सोमबार १९:२१
२७ पुष २०७७, सोमबार १८:१३
२७ पुष २०७७, सोमबार ११:०७