टोखामा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, निको हुनेको संख्या २८४५, ९ को मृत्यु

 ६ मंसिर २०७७, शनिबार २३:३५   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ४७ पुगेको छ । शनिवार थप २० जना नयाँ संक्रमित थपिएसंगै नगरपलिका भित्र संक्रमितको संख्या ३,०४७ पुगेको हो । टोखा नगर स्वास्थ्य शाखाका अनुसार जसमा १३०५ महिला र १,७४२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या २,८४५ जना रहेका छन् । अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । भने १८९ जना सकृय संक्रमित रहेका छन् ।

शनिवार वडा नं ३ मा ५ जना संक्रमित थपिएका छन्, वडा नं. ४ मा २ जना, वडा नं. ५ मा ३ जना, वडा नं ६ मा ४ जना वडा नं ८ मा १ जना वडा नं ९ मा २ जना र  वडा नं. १० मा ३ जना संक्रमित थपिएका छन् ।

सकृय संक्रमितहरू मध्य टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्र तथा संस्थागत आइसोलेसनमा गरि १८९ जना रहेका छन् । होम आइसोलेसनमा १७५ जना संस्थागत आइसोलेसनमा १० जना र ४ जना सम्पर्क विहिन रहेका छन् ।

वडा नं १ मा सबैभन्दा कम ५० र वडा नं ३ मा सबैभन्दा धेरै ४०९ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै वडा नं २ मा १०५, वडा नं ४ मा २२८, वडा नं ५ मा २८५. वडा नं ६ मा ३४६, वडा नं ७ मा ३७२, वडा नं ८ मा ३४४, वडा नं ९ मा १८९, वडा नं १० मा २६०, वडा नं ११ मा २३८ जना संक्रमित रहेका छन् ।

त्यस्तै हालसम्म कोरोनाबाट ९ जनाको मृत्यु भईसको छ । वडा नं ३, ४, ७, ८ र १० मा १/१ जना र वडा नं ६ र ९ मा २/२ जनाको मृत्यु भएको हो ।

हालसम्म टोखा नगरपालिकाले ६३६७ जनाको पीसीआर परीक्षण गरिसकेको छ, भने ३९५८ जनाको सम्पर्क परीक्षण गरिसकेको छ ।

सक्रिय संक्रमितको वडागत अवस्था

टोखा नगरपालिकामा १८९ जना सक्रिय संक्रमित रहेका छन् जसमध्य वडा नं १ मा ५ जना, २ मा ३ जना, ३ मा ३७ जना, ४ मा १७ जना, ५ मा १७, ६ मा ३७ जना, ७ मा २१ जना, ८ मा १४ जना, ९ मा १० जना, १० मा १४ जना र ११ मा ११ जना रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ६ मंसिर २०७७, शनिबार २३:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया