नेपाल संवतका प्रणेता शंखधर साख्वा: तथा जननेता पद्मरत्नको शालिक अनावरण

 ६ मंसिर २०७७, शनिबार २२:०५   | न्यूज अफ टोखा

काठमाडौं / नेपाल संवतकाप्रणेता शंखधर स्वाख्वा: र नेपाल संवत् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको सालिक एक कार्यक्रमकाबीच आज भोटाहिटीस्थित शंखधर उद्यानमा अनावरण गरियो ।

सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल संवतका प्रणेता शंखधर साख्वा: तथा काठमाडौंका लोकप्रिय जननेता पद्मरत्न तुलाधरको पूर्णकदको शालिक आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण गरेका थिए ।


कार्यक्रममा काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य ,  सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर ,उप-मेयर हरिप्रभा खड्गी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल,  प्रदेश सभा सदस्य राजेश शाक्य, वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।


स्मरणीय छ नेपाल संवतका प्रणेता शंखधरलाई चिनाउने र नेपाल संवत् आन्दोलन अगाडि बढाउने कार्यमा तत्कालीन नेपाल भाषा मंका: खल:का अध्यक्ष पद्मरत्न तुलाधरको ठूलो योगदान रहेको छ ।
स्मरणीय छ ६२/६३ सालको आन्दोलनपछि रत्नपार्कलाई संखधर उद्यान नामाकरण गर्ने कार्य भएको थियो ।बिचमा कार्य केही सिथिल भएकोमा काठमाडौं महानगर पालिकामा नयाँ जनप्रतिनिधिहरुको निर्वाचन भएर गएपछि यसले गति लिएको थियो भने यसको परिणाम अहिले देख्न पाइएको छ ।   

दुई शालिक करीब २० लाख रुपैयाँ लगानीमा बनेका हुन् । शालिक बनाउने कार्यमा प्रसिद्धि कमाएका कलाकार महेश तुलाधरले यी दुबै शालिक निर्माण गरेका हुन् ।

सालिकको अनावरणपछि सभालाई सम्वोधन गर्दै सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले भने — ” सालिक स्थापनाले शंखधर साख्वाः र पद्मरत्न तुलाधरको योगदान चीरकालसम्म सम्झनामा रहिरहनेछ । महानगरपालिकाले शालिक स्थापना गरेर प्रशंशसनीय कार्य गरेको छ ।” मन्त्री श्रेष्ठले नेपाल संवतका प्रवर्तक शंखधर साख्वा:ले सामाजिक रुपान्तरणका लागि गरेको प्रयास र जननेता पद्मरत्न तुलाधरले राजनीतिक परिवर्तन एवं मानव अधिकार रक्षाका लागि पुर्‍याउनु भएको योगदानको चर्चा गरेका थिए । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउन लामो समय आन्दोलन गरेको नेपालभाषा मंका खलःका संस्थापक अध्यक्ष समेत रहेका तुलाधरले तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको उनले स्मरण गरे ।

कार्यक्रममा महानगरका मेयर शाक्यले, नागरिक अधिकार प्राप्तिका लागि योगदान गरेका सहिद र राष्ट्रिय विभूतिहरुलाई चीरकालसम्म सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको बताउँदै भने , “उहाँहरुले बिर्सन नसक्ने योगदान गर्नुभएको छ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमनमा बसेका छन् । उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ ।”     

महानगर पालिकाको यस कार्यलाई महानगरबासीले सर्‍हानीय कार्य भन्दै स्वागत गरेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ६ मंसिर २०७७, शनिबार २२:०५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया