टोखामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

 १० मंसिर २०७७, बुधबार २२:४५   | न्यूज अफ टोखा

काठमाडौँ — पछिल्लो २४ घण्टामा टोखा नगरपालिकामा ६१ जना कोरोना संक्रमित थपिएका छन् । 

टोखा नगर स्वास्थ शाखाले बुधबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा २७ महिला र ४२ पुरुष रहेका छन् ।

नगर स्वास्थ्य शाखाका अनुसार वडा नं २ मा १. ३ मा ६, ४ मा ७, ५ मा ४, ६ मा १७, ७ मा १४, ८ मा ६, ९ मा २, १० मा ६, ११ मा १ र अन्य ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।

हालसम्म टोखा नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९८४ पुगेको छ ।

देशभर बुधबार संक्रमित पुष्टि हुनेमा १ हजार ९४८ जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार २६ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १० मंसिर २०७७, बुधबार २२:४५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया