ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौँ । हिउँदसँगै बढ्ने स्वासप्रस्वास सम्बन्धी रोग र बढ्दो कोभिड १९ को संक्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन सहुलियत मूल्यमा प्रदान गर्ने उद्देश्यले टोखामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ ।
न्हुजः पुस्तकालले कोरोना सङ्क्रमित तथा स्वासप्रस्वास सम्बन्धी रोग भएका बिरामीको उपचारका लागि आवश्यक अक्सिजन सहज र सहुलियत मूल्यमा प्रदान गर्न कृत्रिम अक्सिजनसहित सिलिन्डर ‘अक्सिजन बैंक’ स्थापना गरेको न्हुजः खलः (पुस्तकालय)का महासचिव बिकास डंगोलले बताए ।
कोभिडको महामारीको समयमा अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरैलाई राहत मिल्ने उनले बताए ।
अहिलेको अवस्थामा टोखाबासी अधिकांशले बालाजुबाट अक्सिजन ल्याउने गरेको छ । कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गरी अक्सिजन बैंकको स्थापना गरिएको भएपनि स्वासप्रस्वासका बिरामीहरुलाई समेत सहुलियत मूल्यमा अक्सिजन प्रदान गरिने छ । यसले समय र पैसा दुबैको बचत हुने र बिरामीको उपचारका लागि बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उनले बताए ।
कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८४१५४४९९५ र ९८४३६८४२३४ मा चौबीसै घण्टा सम्पर्क गर्न सकिने महासचिव डंगोलले जनाएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८