आइतवारदेखि तारकेश्वर नगरपालिका भित्रको विद्यालयहरु खुल्ने

 २१ मंसिर २०७७, आईतवार ०७:२२   | न्यूज अफ टोखा

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द तारकेश्वर नगरपालिका भित्रको विद्यालय आइतबारदेखि खुल्ने भएको छ।

सरकारले तयार गरेको विद्यालय सञ्चालनको कार्य ढाँचा २०७७ अनुसार स्थानिय तहको अनुमतिमा विद्यालयहरु खुल्न लागेका हुन् ।

जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सक्ने गरि निजी तथा आवसीय विद्यालय संगठन प्याप्सन र एनप्याप्सलले अनुमति दिएको अनुसार कक्षा सञ्चालन गर्न लागेको शनिवार एञ्जेल हार्ट स्कूलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर कक्षा ८ भन्दामाथिको कक्षाहरु सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन विहान र दिउँसो दुईसिफ्टमा हप्ताको ३ दिन आलोपालो गरि सञ्चालन गर्न पाइनेछ ।

Facebook Comments

अन्तिम अपडेट: २१ मंसिर २०७७, आईतवार ०७:२२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया