मिर्मिरे भवन समुद्घाटन सम्पन्न

 २३ मंसिर २०७७, मंगलवार १८:३९   | न्यूज अफ टोखा

न्यूज अफ टोखा,  काठमाडौँ ।  टोखा नगरपालिका वडा नं २ अवस्थित पुखुसीमा मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित मिर्मिरे भवनको समुद्घाटन गरिएको छ । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा मिर्मिरे सहकारीको १४ औं वार्षिक साधारण सभा प्रारम्भ समारोहको अवसर पारेर आज विहान एक कार्यक्रम वीच कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टिका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले भर्चुअल मार्फत भवनको उद्घाटन गरेका हुन्  ।

सम्पुर्ण सदस्यहरुको नियमित र अनुशासित कारोबार त्याग र समर्पनको भावना र सामुहिक सहयोगको परिणाका कारण आज हामीले गौरवका साथ नव निर्मित भवन उद्घाटन गर्न सफल भएको सहकारी तथा कार्यक्रमका सभापति राजवीर डंगोलले कार्यक्रममा बताउनुभयो ।

भवन समुद्घाटन तथा १४ औं वार्षिक साधारण सभा प्रारम्भ समारोह कायक्रममा बोल्दै उहाँले भन्नुभयो- ‘हामीले १४ आर्थिक वर्षसम्म संस्थाको विनियम, सहकारीको ऐन र विश्व व्यापी मुल्य मान्यतामा रहेर संस्थाको सदस्य र समुदायको आर्थिक सामाजिक र सांस्कृति स्तर उत्थान गर्ने उद्देश्यका संस्था संचालन गर्‍यौँ । हामीले संस्थालाई  मितव्यिताका साथ अगाडि बढायौँ । आर्थिक अनियमिता हिनामिना फौजुल खर्च जस्ता कुरा सहकारीकालागि घातक र हानिकारक हुन्छ यी कुराहरुबाट सहकारीलाई जोगाएर पार्दशी बनाई चुस्त र दुरुस्त तरिकाले संस्थालाई दिगो र सवल बनाउन सदस्यहरुको सहयोग र सहभागितामा हामी  यहाँसम्म आउन सफल भएका छौं ।’

सहकारीको जगेडाकोष तथा शेयर सदस्यहरुको स्वः लगानिमा मौलिक , परम्परागत तथा  कलात्मक शैलिमा निर्मित साढे चार तल्ले उक्त भवनलाई टोखाको नमुना भवनको रुपमा हेर्ने गरेको छ । हालसम्म उक्त भवन निर्माणका लागि २ करोड ५० लाख बराबरको रकम खर्च भैसकेको भवनको बाँकी काम सम्पन्न हुदासम्म ३ करोड भन्दा बढि लागत आउने मिर्मिरे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णमान श्रेष्ठ जानकारी दिनुभयो ।

टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल २ र ३ वडाका वडाअध्यक्ष द्वय दिपक राज जोशी र सिंह राज श्रेष्ठको विशेष उपस्थिति रहेको उक्त नवनिर्मित भवन समुद्घाटनका कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष शोभलाल श्रेष्ठले नवनिर्मित भवनको पूजा गरेका थिए ।

साँस्कृति संरक्षित क्षेत्र टोखाको आधुनिकता सँगै फेरिदै गएको घर वस्तीको मुहारलाई पुनः मौलिक स्वरुपमा फर्काउन टोखा नगरपालिकाले मुल वस्ती र मुख्य सडगमा रहेका घरहरुको अग्रभागको स्वरुपमा एक रुप्ता ल्याउन ६०/४० को कार्यक्रम बनाएको भएपनि हालसम्म लागु गर्न सकिरहेको छैन् ।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थि टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल वडा अध्यक्ष द्वय दिपकराज जोशी र सिंहराज श्रेष्ठले टोखा नगरपालिका साँस्कृति संरक्षित क्षेत्र टोखालाई मौलिकपना र स्वरुपमा एकरुपता ल्याउने योजनालाई कार्यान्वयन गरेकोमा  सहकारीलाई विशेष आभार ब्यक्त गर्दै  चाडो भन्दा चाडो विशेष कार्य योजना बनाएर उक्त कार्यको थाल्नी गरिने बताउनुभयो ।

कोरोनाको महामारीको विषम परिस्थितिमा विशेष स्वास्थ्य सुरक्षा र सावधानिअपनाउदै भर्चुअल रुपमा समेत सञ्चालन गरिएको उक्त कार्यक्रममा टोखामा रहेका विभिन्न सहकारीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २३ मंसिर २०७७, मंगलवार १८:३९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया