बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता

 २४ मंसिर २०७७, बुधबार १२:०२   | न्यूज अफ टोखा

काठमाण्डाै – बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाउनुभएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताउनुभएको छ ।

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २४ मंसिर २०७७, बुधबार १२:०२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया