काठमाडौं क्षेत्र नं ५ (२) का संघीय र प्रदेस स्तरीय २६ योजनाहरु सार्वजनिक

 २५ मंसिर २०७७, बिहीबार १५:३७   | न्यूज अफ टोखा

योजनामा टोखामा शंखधर पार्क निर्माणदेखि चण्डेश्वरी सामुदायिक भवनसम्म समाबेश

काठमाडौं, मंसिर २५। काठमाडौं क्षेत्र नं ५ (२) का संघीय र प्रदेस स्तरीय योजनाहरु सार्वजनिक गरिएको छ।

बुधबार बुढानिलकण्ठ जंगल क्याम्पमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ (२) मा रहेका काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ र टोखा नगरपालिकाका १२ वटा वडामा आर्थिक वर्ष २०७७/७८ मा संचालन हुने योजनाहरु सार्वजनिक गरिएको थियो।

काठमाडौं क्षेत्र नं ५ (२) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ (२) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु सार्वजनिक गरेका थिए।

काठमाडौं क्षेत्र नं ५ (२) मा संघिय सांसदका योजनाहरु :

१. टोखा नगरपालिका

चण्डेश्वरी सामुदायिक भवन निर्माण -१० लाख (वडा नं २)

शंखधर पार्क (गले पार्क) निर्माण तथा संरक्षण -२० लाख (वडा नं २)

स्टार टाउन सडक -४० लाख (वडा नं ३)

सिद्दीगणेश टोल देखिभद्रकाली डेरी सडक -३० लाख (वडा नं ४)

धापासी देवी मार्ग सार्वजनिक जग्गा संरक्षण -१५ लाख (वडा नं ५)

चुनदेवी मन्दिर प्रांगण निर्माण -१५ लाख (वडा नं ६ )

२.बुढानिलकण्ठ नगरपालिका

छोलिंग गुम्बा सडक -४५ लाख (वडा नं ३ )

मध्ये पासिकोट सडक -४५ लाख (वडा नं ४ )

दक्षिणेश्वर क्लव नजिक सार्वजनिक जग्गा संरक्षण -२० लाख (वडा नं ५ )

धरमपुर बस्तीमा ढुंगा छाप्ने कार्य -४४ लाख ४० हजार (वडा नं ६ )

पान चौर सामुदायिक भवन निर्माण -२० लाख ((वडा नं ७ )

३.काठमाडौं महानगरपालिका

धारापाटी सार्वजनिक जग्गा संरक्षण- २० लाख (वडा नं ३ )

प्रदेस सभा सदस्यका योजनाहरु :

१. टोखा नगरपालिका

गणेश स्थान लाछी तर्फ ढुंगा छाप्ने -२५ लाख ( वडा नं २ )

पन्चेटार (भिल्ली) – बखुन डोल सडक– ४० लाख ( वडा नं २/३ )

सुर्यदर्शन सडक -२५ लाख ( वडा नं ३ )

साइबाबा स्कुल -विष्णुमति सडक -२३ लाख ८० हजार ( वडा नं ३ )

लाखेडाँडा पार्क निर्माण -२५ लाख ( वडा नं ६ )

हरिहर मन्दिर सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण -१५ लाख ( वडा नं ६ )

भूपू प्रहरी संघ भवन संगै पार्क निर्माण -१० लाख ( वडा नं ७ )

२.बुढानिलकण्ठ नगरपालिका

कैलाश कोलोनी सडक -१० लाख (( वडा नं ३ )

देउला टोल सडक -१५ लाख ( वडा नं ३ )

वडा कार्यालय संगै विष्णुमति पार्क निर्माण -२५ लाख (वडा नं ५ )

च्यासिनडोल मार्ग सडक -१५ लाख (वडा नं ६ )

लुड़ेखोला पार्क निर्माण -१० लाख (वडा नं ६ )

भद्रकाली डेरी -धापासी सडक -१० लाख (वडा नं ६ )

दथु गाउँमा फल्चा निर्माण – ३० लाख (वडा नं ७ )

३.काठमाडौं महानगरपालिका

बाँस बारी प्रकृति पार्क निर्माण -२० लाख (वडा नं ३ )

Facebook Comments

अन्तिम अपडेट: २५ मंसिर २०७७, बिहीबार १५:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया