भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
मंसिर २७, काठमाडौँ । टोखाको सरस्वती चौरमा अवस्थित सरस्वती मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण हुने भएको छ । एकतले सरस्वती मन्दिरलाई पुनर्निर्माण पछि दुईतले मौलिक प्यागोडा शैलीमा निर्माण गरिन लागेको हो ।
पौराणीक र ऐतिहासिक साँस्कृति सम्पदाको रुपमा साविक टोखा सरस्वती गा.वि.स. को सरस्वती चौरमा रहेको सो मन्दिरको शनिवार टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारीले पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
सस्कृति संरक्षित क्षेत्रमा रहेको उक्त मन्दिर पछिल्लो समयमा जीर्ण बन्दै गएपछि मन्दिरको पुनर्निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठको पहलमा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ वडास्तरीय योजना अन्तर्गत रु. २९ लाख बजेट विनियोजन गरेपछि सो मन्दिर श्री सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण सुरु गर्न लागेको हो ।
दुईतले प्यागोडा शैलीमा निर्माण हुनलागेको उक्त मन्दिर निर्माण कार्य सम्पन्न गर्न कुल लागत ६१ लाख ८६ हजार ४११.४२ (भ्याट सहित) लाग्ने उपभोक्ता समितिले जनाएको छ । कुल बजेटमध्ये नगरपालिकाले रु. २९ लाख र उपभोक्त समितिले रु. ३ लाख ४० हजार रुपैया व्यहोर्ने जनाएको छ । अपुग २९ लाख ४७ हजार ४११.४२ रुपैयाँ स्थानीय जनस्तर तथा नगरपालिकाको नगरस्तर बजेटबाट जुटाउन पहल गर्ने वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताए ।
सो मन्दिर निर्माण उपभोक्ता समितिको अध्यक्ष राजेश श्रेष्ठ, सचिव पुरुषोत्म श्रेष्ठ र कोषाध्यक्षमा शारदा श्रेष्ठ रहेका छन् ।
शिलान्यास कार्यक्रममा उपप्रमुख ज्ञानमाया डंगोल , टोखा ३ का सदस्य हरिमान श्रेष्ठ , मुलनायो हेमराज श्रेष्ठ, सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठ, डिजाइनर आशामान महर्जन, सरस्वती द्य:खल परिवार लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३