झोर अवस्थीत भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन निरिक्षण

 २ पुष २०७७, बिहीबार ११:१९   | न्यूज अफ टोखा

काठमाडौ । टोखा नगरपालिका भित्र खानेपानीको समस्या हल गर्न झोर अवस्थीत भण्डारे मुहानको निरिक्षण गरिएको छ ।

बुधबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख , प्रबक्ता बच्चुराज बस्याल लगायतको टोलीले शिवपुरीको काखमा रहेको पानी मुहानको निरिक्षण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन नगरपालिकाबाट बजेट बिनियोजन गरि यथासिघ्र कार्यान्वयन गर्ने मेयर प्रकाश अधिकारीले बताए ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड संगको सहकार्यमा साबिक झोर गाबिस वडा नं ४ को किता नं ९७ को ८ रोपनी १२ आना २ पैसा क्षेत्रफलमा रिर्जभ ट्याङ्ग निर्माण गरिने मेयर अधिकारीले बताए ।

Facebook Comments

अन्तिम अपडेट: २ पुष २०७७, बिहीबार ११:१९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया