टोखा र चीनको नाक्शु शहर बीच भगिनी सम्बन्ध

 २ पुष २०७७, बिहीबार १३:२८   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं, पौष २ । टोखा नगरपालिका र चीनको नाक्शु शहर बीच भगिनी सम्बन्ध विस्तार भएको छ ।

दुवै देशको शहरलाई एकसाथ विकासको गतीमा लैजाने उद्देश्यका साथ भगिनी सम्बन्ध विस्तार भएको हो ।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र नाक्शु शहरका मेयर केरंग ल्यागंगले भगिनी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । बिहिवार काठमाडौंको बसुन्धरा ब्यान्केटमा आयोजित हस्ताक्षर कार्यक्रममा भर्च्युल रुपमा समझदारी पत्रमा हस्ताक्षर गरिएकाा थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका र चीनको तिब्बत स्थित नाक्शु शहर बीच भगिनी सम्बन्ध स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर गर्न लागेकोमा टोखा नगरपालिका परिवार हर्षित भएको बताए ।

उनले सन् २०१९ अगष्ट १३ मा भगिनी समबन्ध स्थापनाको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको स्मरण गर्दै सो संगै टोखा नगर कार्यपालिकाको सन् २०१९ सेप्टेम्बर २७ गतेको बैठकले भगिनी सम्बन्ध कायम गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरि छैठौ नगरसभाले सो निर्णयलाइ अनुमोदन गरि बागमती प्रदेश सरकारको सन् २०२० मार्च १८ गतेको निर्णय बाट भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने निर्णय भई हाल नेपाल सरकार मन्त्रिपरिषद बाट भगिनी सम्बन्ध स्थापनाको लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेकोले नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृत प्रदान गरेको मिति देखि लागु हुने गरि आज समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले भगिनी सम्बन्ध स्थापनाको लागि नाक्शु शहरको औपचारिक निमन्त्रणामा आफु सहितको टोखा नगरपालिकाको प्रतिनिधिमण्डल सन् २०१९ अगष्ट ११ देखि १६ अगष्ट सम्म औपचारिक भ्रमण गरि नगरपालिकाको समग्र योजना विकास निर्माण कृषिको आधुनिकीकरण एबम व्यवस्थित शहरीकरणको बारेमा जानकारी प्राप्त गरि एक आपसमा विचार र अनुभबहरु आदानप्रदान गर्ने अवसर प्राप्त भएको स्मरण गरेका थिए ।

उनले नेपाल र चीन बीच परापुर्व कालदेखि नै घनिष्ट सम्बन्ध रही आएको जानकारी गराउदै दुइ देशले एल अर्काको सार्वभौमसत्तालाई उच्च सम्मान गर्दै आवश्यकता पर्दाका बखत एकले अर्कोलाई सक्दो सहयोग गर्दै आएको बताएका थिए ।उनले बार्हौ सताव्दीमा चीनका बादशाह कुब्ला खाँको निमन्त्रणामा वास्तुकला विद अरनिको सहित नेपाली कालीगढहरु तिब्बत गइ आफ्नो कला कौशल प्रदर्शन गरि सेतो प्यागोडा निर्माण गरेको उक्त कला कौशलहरु तिब्बतका बिभिन्न स्थानहरुमा हाल सम्म पनि देख्न सकिने बताए ।उनले प्यागोडा निर्माणले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध स्थापित भएको तिब्बतका राजा श्रंचंगगम्पो संग लिच्छवीकालिन राजा अंशुबर्माकी छोरी भृकुटीको बिवाह भएको प्रसंगले तिब्बत संग नेपालको गहिरो सम्बन्ध सदियौ देखि पुरानो रहि आएको दर्शाउछ भन्दै आज चीन नेपालको ठुलो र अभिन्न व्यापारिकमित्र बन्न पुगेको छ उनले भने ।

व्यापरिक इतिहास पल्टाउदा तिब्बत बाट नेपालमा नुन भेडा च्यांग्रा आदि आयात गरिन्थ्यो भने नेपालबाट उनि गलैचा निर्यात गरिन्थ्यो भन्दै उल्लेखित कारणले गर्दा नेपाल र चीनको सम्बन्ध सदियौ देखि प्रगाढ बन्दै गएको बताए ।चीनका महामहिम राष्ट्रपति सी जिन्पिंगले गत वर्ष नेपालको भ्रमण गरेको स्मरण गर्दै सो भ्रमणबाट नेपाल र चीनको भ्रमणले मित्रताको कोशेढुंगा साबित भएको बताए।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि नाक्शु शहरबाट सहयोग स्वरूप आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु हामीलाई उपलब्ध गराएर ठुलो मदत गरेको पनि स्मरण गरेका थिए। उनले नाक्शु शहरमा कोभिड १९ बिरुद्दको खोप सफलता पुर्वक प्रयोगमा आए पश्चात टोखा नगरबासीले समेत त्यसको लाभ लिन सक्ने कुरामा आशाबादी रहेको बताएका थिए ।

उनले औपचारिक सम्बन्ध स्थापनापश्चात भोलिका दिनमा दुवै नगरपालिका बीच आपसी सम्मान र समानताको आधारमा कृषि ,पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य ,खेलकुद, पूर्वाधार विकास लगायत विविध बिषयमा सहकार्य सहयोग निरन्तर चलिरहने छ भन्ने बिश्वास ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाकि उप प्रमुख ज्ञानमाया डंगोल प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, टोखा नगरपालिकाका परराष्ट्र सल्लाहकार प्रकाश बाबु पौडेल नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २ पुष २०७७, बिहीबार १३:२८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया