वडाध्यक्षको सक्रियतामा टोखा-फुटुङ्ग पुल सलखुशीमा अतिक्रमित जग्गा रेखाङ्कन गरी तारबार

 ३ पुष २०७७, शुक्रबार १७:३०   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । यतिवेला सिङ्गो टोखा नगरपालिकामा सार्वजनिक  अतिक्रमित जग्गा संरक्षण अभियानले तीव्रता पाएको छ । यसै अभियानका क्रममा टोखा नगरपालिका वडा नं ३ का अतिक्रमित जग्गा संरक्षण कार्यमा वडा कार्यालय लागेको छ ।

बिहिबार वडाध्यक्ष सिंहराज श्रेष्ठको नेतृत्वमा वडा सदस्य, स्थानीय धमलटार युवा क्लव तथा नगरपालिकाको प्राविधिक टोलिले टोखा – फुटुङ्ग पुल छेउ (सलखुशी)मा अतिक्रमित जग्गा नापजाँच गरी तारबार गर्ने कार्य गरेका छन् ।

सलखुशीसंगै रहेको जग्गा अतिक्रमण गर्दै भोग चल्न गर्दै आएको  र उक्त जग्गामा भौतिक संरचना बनाउन लागेको भन्दै स्थानीयहरुलेदिएको सूचनाको आधारमा प्राविधि टोलि सहित उक्त स्थानमा गएर नापजाँच गरी तारबार तगाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

टोखा–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठका अनुसार आफुहरुले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरु संरक्षण गरि स्थानीय बासीहरुसँग सहकार्य गर्दै उचित संरक्षण र संर्वद्वन गरि प्रयोगमा ल्याइने जानकारी दिए ।

त्यस्तै तरकेश्वर नगरपालिका- ७ फुटुङ्गको सुन्दर थापा गाउँ नामको वोर्ड टोखा नगरपालिका-३ को सिमानामा राखिएको भन्दै उक्त बोर्ड समेत स्थानीयको सहयोगमा हटाएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ३ पुष २०७७, शुक्रबार १७:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया