विश्‍वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना

 ३ पुष २०७७, शुक्रबार २३:५०   | न्यूज अफ टोखा

काठमाडौँ — विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले  संयुक्त रुपमा नेपालका ४ जनासहित १०० जनालाई सूचीकृत गरेको हो ।

सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन् ।

कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ ।

१०० जना उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन रहेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ३ पुष २०७७, शुक्रबार २३:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया