रामजानकी विवाह : स्वयंवर सम्पन्‍न

 ४ पुष २०७७, शनिबार १७:५१   | न्यूज अफ टोखा

काठमाडौं । जनकपुरको रंगभूमि मैदान रामजानकीको स्वयंवर सम्पन्‍न भएको छ । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलले फेरा लगाएर रामजानकीको स्वयंवर गरिएको छ ।

स्वयंवरमा साधु सन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको छ । कोरानाकाबीच सयौंको संख्यामा श्रद्धालुको स्वयंवरमा सहभागिता रहेको थियो ।

त्रेतायुगमा मिथिलाका राजा जनकले जनकपुरधामको रंगभूमिमा छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधिपछि सीता–रामको डोलालाई जनकपुर परिक्रमा गरी जानकी मन्दिरमा ल्याएर मन्दिर परिसरमा राति मिथिला संस्कृति अनुसार विवाह कार्यक्रम आयोजना गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ४ पुष २०७७, शनिबार १७:५१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया