“कसास यात्री सम्मान” संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिने

 ५ पुष २०७७, आईतवार ००:५०   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । कपन साहित्य समाजले प्रदान गर्दै आएको समाजका संस्थापक संरक्षक स्व. पूर्णप्रकाश नेपाल “यात्री”को स्मृतिमा स्थापित “कसास यात्री सम्मान ” यस वर्ष संस्कृतिविद् श्री तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गर्ने निर्णय गरेको छ ।

कपन साहित्य समाजको शनिवार बसेको वैठकले नेपाली संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका संस्कृतिविद् श्री तेजेश्वरबाबु ग्वङ्ग, भक्तपुरलाई यस वर्ष “कसास यात्री सम्मान ” प्रदान गर्ने निर्णय गरिएको समाजका सदस्य आशिष गुरागाईले बताए।

बैठकले रु १०,००१/- राशी, दोसल्ला र सम्मान पत्र सहित साहित्य, संस्कृति र कलाको क्षेत्रमा समर्पित ब्यक्तित्व मध्ये हरेक बर्ष एकजनालाई समाजले सम्मान गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।

कपन साहित्य समाजका संस्थापक संरक्षक स्व. पूर्णप्रकाश नेपाल “यात्री”को पुण्य तिथिको अवसरपारेर गत वर्षदेखि सो सम्मान प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ५ पुष २०७७, आईतवार ००:५०

तपाईको प्रतिक्रिया