‘आज अलिअलि मान्छे जम्मा गरेछन्, २३ गते हामी पनि देखाउँछौ’
९ माघ २०७७, शुक्रबार २२:२५
साँखु । “महाकवि गिरिजाप्रसाद”ले आफ्नो जीवनकालमा विभिन्न लेखकहरुको कृतिमाथि गर्नुभएको समालोचनाहरुको संग्रह “गिरिजपा्रसादया समालोचना” पुस्तकको साहित्यकार धुव्र मधिकर्मीले शनिवार सक्व सभाहलमा विमोचन गर्नुभएको छ ।
विमल ताम्राकारको सम्पादकीयमा प्रकाशित सो पुस्तकको सम्पूर्ण खर्च ई. राजदास श्रेष्ठले व्यहोर्नुभएको हो ।
कार्यक्रममा प्रकाशमान सक्व, लक्ष्मीनारायण शाही र रामेश श्रेष्ठले आ–आफ्नो रचना पाठ र महाकवीको गीत गाउनुभएको थियो ।
सो कार्यक्रममै भाषा संस्कृति, कलाक्षेत्र एवं भजन किर्तन, पत्रकारिता क्षेत्रमा योगदान दिनुभएका प्रतिष्ठित व्यक्तित्वहरु र “लावण्य सन्देश” साप्ताहिकलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुने व्यक्तित्वहरुमा साँखुका पुराना भजनपे्रमी भाषासेवी रञ्जन श्रेष्ठ, उज्यालो एफ एमका कार्यंक्रम सञ्चालक कुमार रञ्जित, नेपाल मण्डल टेलिभिजनका सञ्चालिका एवं नेपालभाषा क्षेत्रका प्रथम रेडियो कार्यक्रम सञ्चालिका सिल्भिया श्रेष्ठ राजोपाध्याय, लावण्य सन्देश साप्ताहिकका पवन लाल श्रेष्ठ, र सञ्चारकर्मी सजना तिमिल्सिना रहनुभएको छ ।
सम्मानित व्यक्तित्वहरुलाई फूलमाला, सम्मानपत्र र नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मधिकर्मीले भन्नुभयो– गिरिजाप्रसादको समालोचना अहिले आएर पढ्न पाउनु सौभाग्यको कुरा भएतापनि यत्तिका वर्ष उहाँको कृतिबारे बेखबर हुनु दूर्भाग्य भएको बताउनुभयो ।
कार्यक्रममा सक्व कृषि फार्मका प्रोप्राईटर एवं कार्यक्रमका सभापति ई. राजदास श्रेष्ठले महाकवि गिरिजाप्रसादका कृतिहरु प्रकाशन गर्न आफू लालयित भएको बताउँदै अरु दुईवटा कृतिहरु पनि सकभर छिटो प्रकाशन हुने जानकारी गराउँदै भन्नुभयो । केही समयपछि नै आफ्नो अमेरिका यात्राको संस्मरण नेपाली भाषा र नेपाल भाषामा प्रकाशित गरिने जानकारी पनि सो अवसरमा दिनुभएको थियो ।
कार्यक्रममा महाकविका जेष्ठ सुपुत्र कुञ्ज जोशीले महाकविको देनबारे चर्चा गर्दै नेपाल भाषा साहित्य क्षेत्रमा जीउँदो अवस्थामा र मृत्युपश्चात् समेत ज्यादै चर्चा पाएकोमा आफूहरुलाई गौरवको महसुस भएको बताउँदै महाकवि गिरिजा वामपन्थी विचारधाराको व्यक्तित्व भएको र तत्कालिन पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका कारण जेलमा बस्दा गरिएको दूव्र्यवहारका कारण नै छिटो निधन भएको खुलासा गर्नुभएको थियो ।
अहिले जत्ति साहित्यिक कृतिहरुबारे चर्चा गरिन्छ । त्यो भन्दा बढी उहाँको राजनैतिक विचारधारा र योगदानबारे चर्चा गरिनु आवश्यक रहेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो– महाकविले राजनैतिकरुपमा जे–जत्ति कार्य गर्नुभएको छ त्यो कोसेढुंगाको रुपमा रहेको छ ।
उहाँले महाकविको विचारमा राजनीतिक परिवर्तन विना समाज परिवर्तन गर्न सकिँदैन भन्ने दृढ अठोट भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार नरेशवीर शाक्य, साहित्यकार ज्ञानीरत्न मानन्धर लगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लब्धप्रतिष्ठित साहित्यकार, भाषासेवीहरुको व्यापक उपस्थिति रहेको थियो ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०
९ माघ २०७७, शुक्रबार ११:०२
८ माघ २०७७, बिहीबार २२:२४