संसद विघटनको सिफारिस लोकतन्त्रमाथिको प्रहार – नेपाली कांग्रेस

 ५ पुष २०७७, आईतवार ११:५२   | न्यूज अफ टोखा

काठमाण्डाै – संसद विघटनको लागि गरिएको सिफारिसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कां‌‌ग्रेसले अस्थिरताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्रीको यस्तो कदम अस्थिरताको पराकाष्ठा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । उज्यालोसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिस लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभयो । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेसले कडा प्रतिवाद गर्नेसमेत बताउनुभयो ।

कांग्रेसले राजनीतिक रुपमै प्रतिवाद गर्ने दाबी गर्नुभयो । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गर्नुभएको हो ।

Facebook Comments

अन्तिम अपडेट: ५ पुष २०७७, आईतवार ११:५२

तपाईको प्रतिक्रिया